धनुषा : धनुषाको मिथिला नगरपालिका बेंगाडावर स्थित संचालित न्यू होराइजन बोडिङ्ग स्कुल आफनो २५ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ । रजत जयन्तीको अवसरमा मिथिला नगरपालिका ९ बेंगाडाबर स्थित संचालित न्यू होराइजन बोर्डिङ स्कुल विहिवार स्कुलको प्राङ्गनमा स्कुलका संस्थापक सुनिता सिंह बुढाथोकीको अध्यक्षता र संघीय सांसद एंव पुर्व उपप्रधानमन्त्री रघुवीर महासेठको प्रमुख आतिथ्यमा एक कार्यक्रम विच भव्यताका साथ वार्षिक उत्सव मनाएको छ ।

समारोहमा विशिष्ट अतिथि प्रदेशसभा सदस्य हरिनारायण महतो, दिपेन्द्र ठाकुर, मिथिला नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र विभिन्न विद्यालयका संस्थापक प्रधानध्यापकहरुको विशेष उपस्थिती रहेको थियो । समारोहको उद्घाटन प्रमुख अतिथि महासेठले हावामा वेलुन उडाएर गरेका थिए । सो समारोहमा स्कुलले रजत जयन्ती स्मारिका समेत सार्वजनिक गरेको छ । कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायतले रजत जयन्ती स्मारिका सार्वजनिक गरेका छन् ।

मिथिला नगरपालिका मात्र नभई यस भेगमै शिक्षाको गुणस्तरीयतामा निकै अब्बल मानिएको न्यू होराइजन बोर्डिङ स्कुलले रजत जयन्ती समारोहमा विभिन्न व्यक्तित्वहरुलाई मायाको चिन्हो सहित सम्मान गरेको छ । समारोहको अवसरमा स्कुलकै विद्यार्थीहरुले विभिन्न राष्ट्रभक्ती गितसंगित र कला प्रदर्शन गरेका छन् । विक्रम संवत २०५६ सालदेखि संचालित सो स्कुलमा हाल एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको स्कुलका प्रधानाध्यापक भोगीलाल महतोले बताएका छन् । स्कुलको फाउण्डर टिममा सुनितासिंह बुढाथोकी, शम्भु थापा, सरोज कार्की , मोहन पोखरेल, संतोष थापा, लक्ष्मण बाँनिया र प्रभात संग्रौला रहेका छन् ।

२०८० कार्तिक २३, बिहीबार २२:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय