
गोविन्द महतो,
महोत्तरी : कुख्यात डाकालाई पक्राउ गरी ल्याउने क्रममा भाग्न खोज्दा महोत्तरी प्रहरीले गोली चलाएर पक्राउ गरेको छ ।
महोत्तरी प्रहरीको विशेष टोलीले रौतहटको गरुडा नगरपालिका ४ बाट खोजतलास गरी ल्याउने क्रममा महोत्तरीको सोनमा गाउँपालिका ५ बाट गाडी परिवर्तन गर्न क्रममा भाग्दा पक्राउ गर्न महोत्तरी प्रहरीले गोली चलाउनु परेको प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिए ।
प्रहरीको गोली लागि जिल्ला सर्लाही लालबन्दी नगरपालिका २ का कुख्यात डाका ३२ बर्षिय शक्ति पासवान र ३३ बर्षिय अजय पासवान घाईते भएको छ । रौतहटबाट पक्राउ गरी ल्याउने क्रममा सर्लाही प्रहरीको सहयोगमा सिमा कटाउन सर्लाही प्रहरीबाट गाडीबाट महोत्तरी प्रहरीको गाडीमा राख्न खोज्दा उनीहरु भागेपछि पक्राउ गर्न ८ राउड गोली चलाउन परेको प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिए ।
उनले भने, ‘डाकाहरु ल्याउन डिएसपी दिलिप कुमार गिरीको नेतृत्वमा टोली खटिएको थियो । एक गाडीबाट अर्को गाडीमा हाल्न खोज्दा उनीहरु भागे । भाग्ने क्रममा हाम्रो टोलीले नियन्त्रणमा लिन दौडादौड भयो अफरातफरीको माहोल बन्यो । बाध्य भएर गोली चलाउनुप¥यो । गोली चलाउँदा उनीहरुको बाँया खुटाको जंघामा गोली लागेको छ । उनीहरुको स्वास्थ्य उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भैरहेको छ ।’
प्रहरी उपरिक्षक प्रकाश मल्लका अनुसार पक्राउ परेको महोत्तरी, धनुषा र पछिल्लो समय रौतहटमा सहित सिमावर्ती भारतमा समेत डकैती गर्दै आएको समुह हो । उनीहरुको ७ जनाको समुह रहेको प्रारम्भिक अनुसन्धानको क्रममा छ । तर नेपाल र भारत गरी १२ जनाको समुहले एकपछि अर्को आतंक मच्चाउदै आएको हो । उनले भने, ‘यो समुहले निरन्तर एकपछि अर्को डकैतीको घटना घटाईरहेको थियो । सूरक्षा चूनौती बढेको थियो । हामीले पक्राउ गर्न दिनरात एक ग¥यौ ’ अन्नततः रौतहट भएको सूचना आयो । हामीले निरन्तर पछयायौं । उनीहरुले स्थान लागातार परिवर्तन गरिरहेका तर हाम्रो टोलीले रौतहटमा गएर आखिर पक्राउ ग¥यौ ।
पक्राउ परेको कुख्यात डाका माथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० को दफा २४४ अनुसारको कारवाही प्रक्रिया अगाडि बढाईने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक रामेश्वर प्रसाद यादवकोे कमाण्डमा खटिएको टोलीले रौटहट गरुडा नगरपालिका ४ पानी ट्याङकीबाट नलकटुवा कटुवा पेस्तोल १ र गोली थान ४ राउण्ड समेत नियन्त्रणमा लिएको हो ।
प्रहरी उपरिक्षक मल्लका अनुसार पक्राउ परेका पासमानद्वय माथि ११ वटा डाकाको मुद्दा रहेको छ । उनीहरुले छिमेकी मुलुक भारतमा समेत डकैती गरी फरार छ । भारतमा समेत उनीहरु माथि मुद्दा रहेको छ ।
कहाँ कहाँ घटना घटाए
कार्तिक २० गतेका दिन जलेश्वर नगरपालिका ८ सानो रतवाराका भुबनेश्वर चौधरीको घरमा डकैटी गरेका थिए । घरको मुलढोकाको ताल्चा फुटाइ ७ जनाको समुहले हातहतियार सहित घरमा प्रवेश गरी भुनेश्वर चौधरी, जय किशोर चौधरी, सिमा चौधरी, शैल देबी चौधरीलाई भान्सा कोठामा लगी बन्द गरि डकैती गरेका थिए ।
डाकाहरुले भुनेश्वर चौधरीको टाउकोमा प्रहार गरी रगताम्य पारी घाइते बनाएको र शैल देवीलाई काठाको चिरपटले प्रहार गररेको थियो । उनीहरुले घरबाट ४० तोला सुुनको गर गहना, चाँदीको ४५ तोलाको गरगहना, मोबाइल आइ फोन थान १, नगद १ लाख ७५ हजार रकम लुटेर लगेको आरोप रहेको छ ।