गोविन्द महतो,

जनकपुरधाम : छठ पर्वमा केरा नभई नहुने । नसक्नेले काइयो (हत्था) र सक्नेले घरी नै चढाउँछन् ।

यति बेला यहाँका बजारहरु केराले भरिभराउ देखिन्छ । खरिद गर्ने उपभोक्ताको पनि लर्को देखिन्छ । तर मालभोग र चम्पा चिनी प्रजातिको केरा भने अत्यधिक महँगाीएको उपभोक्ताको गुनासो छ । केरा उत्पादनको लागि तराई मधेश भुमि राम्रो मानिएपनि चाडपर्वको समयमा बजारको माग पूरा गर्न भने भारतको भर पर्नुपरेको छ । केराको अत्याधिक माँग हुने छठ पर्वमा धनुषामा यस वर्ष ४ करोड मुल्य बराबरको केरा आयात भएको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए ।

छठमा मुख्य अर्घको रुपमा केरा चढाउने भएका कारण माग उच्च भएपनि उत्पादनभने दिनानुदिन घट्दै गएपछि बाहिरबाट केरा मगाउनु परेको जनकपुरका फलफूल तथा तरकारी व्यवसायी समितिका पूर्व अध्यक्ष रुदल साहको भनाई छ । उनका अनुसार आर्थिक वर्ष २०७३/०७४ झण्डै ६० लाख ०७४/०७५ मा ६० लाख बढीको केरा जनकपुर भित्रयाईएको थियो । सोही अनुपातमा हरेक वर्ष केरा ल्याईए पनि उत्पादनमा ह्रास हुँदा मुल्य आकासिएको बताए । उनले भने, ‘धनुषामा झण्डै डेढ सय देखि २ सय ट्रक केरा माग छ । जसमा जनकपुरधाममा मात्र ८० ट्रक केरा खपत हुन्छ ।’

गोपाल केरा (सिंगापुरी) नेपालको सप्तरी जिल्ला स्थित भारदह तथा ईनर्वाबाट आयात गरिए पनि मालभोग केरा भारतको चम्पारणबाट हरेक वर्ष मगाउने गरिएको फलफूल व्यवसायी रविन्द्र साहले जानकारी दिए । उनका अनुसार हरेक वर्ष छठ पर्व मलेमासका कारण १५ दिन पर सर्ने तर केराको उत्पादन अगावै भएका कारण महंगिएको बताए । छठ पर्व यस वर्ष गत वर्षको तुलनामा यस झण्डै २५ प्रतिशतले महँगो भएको व्यवसायीहरु बताउँछन् ।

‘१० चक्के एक ट्रकमा १२ सय घौर केरा आउछ, यसरी प्रत्येक केराको घौरलाई ७ देखि १ हजार आसपासको मुल्यमा विक्रि गर्नुपर्ने बाध्यता छ, नभए हामीलाई घाटा हुन्छ’ व्यवसायी साहले भारतमै केरा महंगो र ट्रक मार्फत् आयात गर्दा ४० प्रतिशत जतिनाश हुने, यातायात भाडा लगायत सबै कुरा जोड्दा यहाँ आउँदा नउआउँदा महंगिने फलफूल तथा तरकारी व्यवसायी संघका निवर्तमान महासचिव रविन्द्र साहले बताए । उनले भने,‘नेपाल सरकारले विषादी जाँचको निति भएपनि विषादी जाँचको नभएका कारण अत्यधिक फलफूल कुहिने भएर थप महंगिन्छ ।’
जनकपुरको छठलाई लक्षित गरी लगाईएको केरा मण्डिमा केरा किन्न पुगेका जनकपुरधाम ४ संजय झाले भने, ‘पोहोर साल एक केराको घरीको ५ सय तिर्नुपरेको थियो, तर यस वर्ष ८ सय सम्म किन्नुपरेको छ ।’

नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिड लगायतजातका केरा खेती उत्पादन गरिन्छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याले गर्दा कृषकले उत्पादन बढाउन नसकेको महोत्तरीका किसान काशी महतो बताउँछन् ।

२०८० मंसिर २, शनिबार ०९:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय