जनकपुरधाम : मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले साना किसान तथा गरिब निम्नवर्गका लागि सहकारी अहिलेको अपरिहार्य आवश्यकता भएको बताएका छन् । उनले व्यक्ति–व्यक्ति बीचको सहकार्य नै सहकारी भएको बताउँदै मिटरब्याजीको हल्लाले ऋण नपाईरहेको समयमा सहकारीको महत्व र आवश्यकता अपरिहार्य रहेको बताएका हुन् ।

“साना किसानको समृद्धि कृषिको रुपान्तरण र उद्यमशीलताको विकास” मूल नाराका साथ साना किसान कृषि सहकारी संस्था हंसपुर नगरपालिका नौवाखोर प्रसाहीद्वारा आयोजित कार्यक्रममा मधेश प्रदेशका सभामुख मण्डलले सहकारी संगै मिलेर गर्ने संस्था भएकोले आत्म सहयोग, स्वउत्तर दायित्व, समानता, न्याय, ऐक्यबद्धता जस्ता आधार मूल्यहरु इमान्दारीता, खुलापन, सामाजिक उत्तरदायित्व जस्ता विषय सहकारीले आत्मसाथ गरेर अघि बढन आवश्यक रहेको सुझाए । उनले भने, ‘सहकारी संस्था समुदायको हकहितको लागि भएकोले सहकारी संस्था शेयर सदस्यहरु स्वयम् आफै मालिक भएर काम गर्ने ठाउँ हो । सञ्चालक समितिको मात्रै जिम्मेवारी हाईन् । शेयर सदस्य पनि उत्तिकै जिम्मेवार हुनुपर्छ ।’

सभामुख मण्डलले पछिल्लो समयमा विभिन्न सहकारी जोखिममा रहदै गर्दा राम्रो सहकारीलाई पनि असर गरेको बताए । मण्डलले सहकारी सदस्य आफै मालिक हुने प्रणाली नै सहकारी भएकोले जब मालिक र कामदार वा हाकिम र ऋणीको वर्गीकरण नहुने ठाउँ सहकारी नै रहेको बताए । उनले भने, ‘सहकारी आफैमा बहुआयामिक विषय हो । यसका अनेक भाग र क्षेत्र छ । प्रयोग र सञ्चालनमा र काममा पनि विविधता छन् । कुनैले कृषिको उत्पादन गर्छन् । कुनैले कृषि उत्पादनको प्रशोधन र बजारीकरणको कार्य गर्दछ । सहकारीको उखु, जडिबुटि, तरकारी, फलफूल जस्ता उत्पादनमा रकमको लगानी गर्नुपर्छ । तर सबैको एउटै उद्देश्य आफ्ना सदस्यहरुको आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने हो ।’

साना किसान कृषि तथा सहकारी संस्था लिमिटेड नौवाखोर प्रसाहीका अध्यक्ष जरिना खातुनको अध्यक्षतामा भएको ९ औं वार्षिक साधारणसभामा सभामुख मण्डलले सहकारीमा आएको समस्याको कारण सरकारको नीति, आर्थिक निति, अस्थायी सरकार, राजतिनी समस्याले सहकारीलाई पनि अछुतो नछोडेको बताए । सहकारी संचालनका लागि भनेर मात्र सहकारीमा पैसा जम्मा गर्ने र कर्जा लगानी गर्ने भन्दा अर्को काम गरेको पाइदैन, सहकारीको समाजमा निकै ठुलो तथा फराकिलो दायित्व हुन्छ । त्यसैले सहकारी सिद्धान्तलाई अक्षरक्षस पालना गर्नुपर्ने उनको भनाई थियो ।

२०८० मंसिर २५, सोमबार १८:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय