जनकपुरधाम, मंसिर २७ गते ।  नेपाली पत्रकारिता जगतका भीष्म पितामह , प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाम उप महानगरपालिका वडा नंं २३ बेलामा जारी महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताको आठौं दिनको खेलमा धनुषाको बेला क्रिकेट टिम विजयी भएको छ ।

बुधवार धनुषाको बेला र महोत्तरीको अलिपट्टी क्रिकेट टिमबीच भएको खेलमा बेला क्रिकेट टिम ३२ रनले जीत हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बेला क्रिकेट टिमले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछयाउने क्रममा अलिपट्टी क्रिकेट टिम १ सय २४ रनमै अल आउट भएपछि बेला क्रिकेट टिमको जीत दर्ज भएको हो ।

उक्त खेलमा म्यान अफ दी म्याच अलिपट्टी क्रिकेट टिमका गौतम मिश्रलाई घोषित गरिएको थियो ।

दूधमती युवा क्लब जनकपुरधाम २३ वेलाको आयोजनामा जारी रहेको प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ वटा क्रिकेट टिमको सहभागिता रहेको छ ।

१३ दिनसम्म चल्ने प्रतियोगितामा विजय हासिल गर्नेका लागि विजेतालाई ५५ हजार ५ सय ५५ र उपविजेतालाई २५ हजार ५ सय ५५ रुपैयाको पुरस्कार , प्रमाण पत्र र कप रहेको आयोजक जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले बताउनु भएको छ।

उहाँले महामना राजेश्वर नेपाली टी ट्वेन्टी क्रिकेट प्रतियोगितालाई आगामी वर्षहरूमा निरन्तरता दिने र उक्त खेल जनकपुरधामको बेला लादो अवस्थित १४ बिघा जग्गा रहेको राजेश्वर नेपाली खेलकूद मैदानमा आयोजना गरिने बताउनु भएको छ ।

२०८० मंसिर २७, बुधबार १८:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय