बर्दिबास: बर्दिबास नगरपालिका-९, पशुपतिनगरमा पनि विवाह पञ्चमी महोत्सव भव्यताका साथ मनाइदै छ । आइतबार भगवान रामको विवाह भएको दिनको अवसर पारेर विशेष भक्ति संगित कार्यक्रम आयोजना गरि विवाह पञ्चमी महोत्सव मनाइदै छ।

सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिबार मटकोर विधि सम्पन्न गरेको छ। बर्दिबास-९, स्थित बजारको प्राङ्गणबाट बाजागाजासहित मटको विधि गर्न उक्त ठाउँमा रहेको दुर्गा मन्दिरको प्रागणमा पुगेका थिए।

विवाह पञ्चमीको अवसर पारेर भक्तजनहरुले भगवान रामको स्मरण गर्दै राम मन्दिरमा पूजाआजा गर्नेछ ।

त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञालाई मर्यादा पुरुषोत्तम रामले पूरा गरेपछि जनककी छोरी सीतासँग विवाह भएको दिनलाई विवाह पञ्चमीको रुपमा मनाउने गरिएको जनविश्वास रहि आएको छ । यही विश्वास र संस्कृतिलाई निरन्तरता दिँदै जनकपुरधामस्थित जानकी मन्दिरमा भव्य रुपमा विवाह पञ्चमी मनाउने गरिन्छ ।

२०८० पुष १, आईतवार १०:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय