नेपािलवाणी / जनकपुरधाम

धनुषामा प्रहरीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

धनुषाको हंसपुर नगरपालिका ५ निकालमा दुईपक्षीय विवादको क्रममा प्रहरीले नियन्त्रणमा लिएको दीपा मण्डलको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय सुगा निकालले नियन्त्रणमा लिएको र प्रहरी सहायक निरिक्षक तुलानन्द ठाकुरको कुटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लागि उपचारको क्रममा मृत्यु भएको भन्दै प्रहरी कार्यालय घेराउन गर्न गएका स्थानीय बीच झडप भएको थियो ।

सोही घटनापश्चात आक्रोशीत स्थानीयले प्रहरी चौकी घेराउ गर्न खोज्दा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाईते भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दजनौं राउण्ड हवाई फायर गरेको छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाबाट स्थिति नियन्त्रणका लागि थप टोली पठाईएको छ ।

थप विवरण आउन बाँकी ….

२०८० पुष ६, शुक्रबार १०:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय