काठमाडौं, पुस ९ : सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ।

सोमबार बिहान वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।

सो दुर्घटनामा मोटरसाइकल चालक रामेछाप, मन्थली नगरपालिका–१३ का २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१०का १८ वर्षीया मुनाकला राई रहेको प्रहरीले जनाएको छ।

२०८० पुष ९, सोमबार ११:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय