महोत्तरी : महोत्तरीमा एक बलतकृत महिला न्याय खोज्दा रकमको चलखेलमा मुद्दा मिलाउन खोज्दा आत्महत्याको प्रयास गरेकी छिन् । बलत्कारी विरुद्ध उजूरी दर्ता नगर्न राजनीतिक दवाव तथा घटनालाई गाउँमै मिलाउन पञ्चहरु बसेर पैसाको चलखेलमा मुदा मिलाउन खोज्दा महिलाले आत्महत्याको प्रयास गरेकी हुन् । महोत्तरी गौशाला नगरपालिका १ की ३५ वर्षिया महिलाको बलत्कार र त्यसको भिडियो खिचेपछि न्याय खोजिरहेकी महिलालाई दबाब दिएर पैसा लेनदेनको आधारमा मिलाउन खोजेपछि पटक–पटक आत्मक हत्याको प्रयास गरेकी हुन् ।

गौशाला रामनगर स्थित जङ्गलमा घासपातमा गएकी बेला कुटपिट गर्दै जर्बजस्ती मोटरसाईकलमा बसाएर लगेको र बलत्कार गरेको ईलाका प्रहरी कार्यालय गौशाला प्रमुख प्रहरी निरिक्षक मनोज यादवले जानकारी दिए । बलात्कृत गरेको महिलाले न्याय भेट्न मुस्किल देखिएपछि आत्महत्याको प्रयास गरको परिवारजनलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

गत शनिवार रामनगर स्थित उत्तर जंगलमा घाँस काट्न गएको समयमा सुनसान मौका छोपी स्थानिय गौशाला नगरपालिका रामनगर १ चिनिमिन बस्ने ४३ बर्षिय विरेन्द्र यादवले बलात्कार गरेको हो । बलत्कार गरी भिडियो समेत बनाएर पिडित महिलालाई थप पिडित बनाउने र न्यायका भन्दा मिल्न गाउँका पञ्चहरुले दवाव दिएपछि महिला हतोत्साहित हुँदै आत्महत्याको प्रयास गरेको हो । सोमवार राति रामनगरका पञ्चहरु घटना मिलाउन बसेपनि घटनाको भिडियो अन्य स्थानसम्म समेत पुगीसकेको कारण पञ्चहरु पछि हटेको थियो । तैपनि घटनामा गाउँमै मिलाउन र पिडितपक्षलाई पैसा दिएर प्रहरीमा नजाने वातावरण मिलाउन अथक प्रयास भएको श्रोतको दाबी छ ।

पिडिक बीरेन्द्र यादवले पिडित महिलालाई धम्क्याउँदै कसैले भने भिडियो समाजिक सञ्जालमा हालेर बदनाम गर्ने डर त्रास देखाएर मुख नखोल्न लगाएको थियो । पिडित महिलाले भनिन, ‘म घाँस काटिरहेको थिए, एक्कासी कहाँबाट आयो थाहा नै पाईन मैले मलाई जबरजस्ती मोटरसाईकलमा बसाएर लान खोज्यो मैले नमान्दा कुटपिट ग¥यो, घाँटी न्याकेर मारिदिने धम्की दियो, र जबरजस्ती ग¥यो ।’

पिडित महिलाले किटानी जाहेरी दर्ताका लागि ईलाका प्रहरी कार्यालय गौशालामा पटक–पटक धाउँदा पनि प्रहरी प्रमुख निरिक्षक मनोज यादवले दर्ता गर्न मानेका थिएनन् । तर पिडितले जाहेरीका दर्ताका लागि हारगुहार मागेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक रमेश मल्लको निर्देशनमा जाहेरी दर्ता गरिएको छ ।

घटनापश्चात आरोपित यादव फरार रहेकोले उनको खोजविन भईरहेको प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए । यता प्रहरीले घटनाको सम्बन्धमा सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले बताएका छन् । यता घटनाका आरोपी भनिएका बीरेन्द्र यादव फरार रहेका छन् भने भिडियो बनाउने सुरज महतो (सुर्जा) समेत फरार रहेको छ ।

२०८० पुष १२, बिहीबार १३:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय