ममता अर्याल,
बर्दिबास : बर्दिबास नगर पत्रकार सञ्जाल, महाेत्तरीकाे कार्यालय सञ्चालनमा आएको छ ।बर्दिबास-१ स्थित नवस्थापित कार्यालय बर्दिबास नगर प्रमुख प्रह्लादकुमार क्षत्रीले आज शुक्रबार एक समाराेहबीच उद्घाटन गर्नु भएसँगै सञ्चालनमा आएको हो ।
उद्घाटन मन्तव्य दिदै नगर प्रमुख क्षत्रीले सञ्चार क्षेत्रकाे प्रबर्द्धन र विकासमा स्थानीयतहकाे साथ सहयाेग रहने प्रतिबद्धता जनाउनुभयाे । बर्दिबास नगरलाई कार्यक्षेत्र बनाई कृयाशील रहेकाे सञ्जालसँग आफू सहकार्य गर्दै अघि बढ्ने उहाँकाे भनाइ छ । विक्रम सम्वत् २०७३ सालमा सञ्जाल गठनकाे अवधारणा बनेपनि याे संस्था २०७६ मा विधिवत दर्ता भएकाे हाे ।
यसैगरी उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै बर्दिबास-१ का अध्यक्ष भाेला खड्काले सञ्जाललाई साधन स्राेत सम्पन्न बनाउन भरपूर सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
समाराेहमा प्रमुख अतिथि तथा अतिथीहरुकाे स्वागत गर्दै सञ्जालका संस्थापक सचिब राजकरण महताेले सञ्चारक्षेत्र जनताका आवाज मुखरित गर्न लागि पर्ने उल्लेख गर्नुभयो ।
सञ्जालका सचिब विशाल बस्नेतकाे सञ्चालनमा आयोजित समाराेह अध्यक्ष गाेपाल बरालकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
सञ्जालकाे कार्यालय सञ्चालन भएसँगै बर्दिबास नगरक्षेत्रका पत्रकारले पेसागत क्षमता अभिवृद्धिकाे अवसर बढ्ने अपेक्षा गरेका छन् ।


२०८० पुष १३, शुक्रबार १८:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय