जनकपुरधाम : मधेश प्रदेशका सभामुख मण्डल र चिनियाँ राजदुत बिच शिष्टाचार भेटघाट भएको छ ।

मधेशका सभामुख रामचन्द्र मण्डल र नेपालका लागि चिनियाँ राजदुत चिनियाँ राजदूत छन् सोङ्सङ्ग शिष्टाचार भेटघाट भएको छ ।

भेटमा चिनियाँ राजदुतले सघियताको अभ्यास देखिएको चुनौती, समस्या सहितका बिषयमा मधेश प्रदेशको भुमिका तथा चीनिया सरकारले गर्न सक्ने सहयोग लगायतका बिषयमा छलफल भएको थियो । चिनियाँ राजदुतलाई मण्डलले मधेश प्रदेशमा गर्दै आएको सहयोगको क्षेत्र बिस्तार र लगानीको लागि वातावरण तयार पार्न सरकार र सदन तयार रहेकोले लगानिको वातावरण मिलाउन सहजीकरणका लागि चिनियाँ सरकार कहाँ प्रस्तावको आग्रह गरे ।

चिनियाँ राजदूत छन् सोङ् र सभामुख मण्डल बिचक्को भेटमा जनकपुरधाम र मधेश भ्रमणका लागि निमन्त्रणा समेत दिए । साथै प्रदेशको निर्माणमा चिनियाँ सरकारले गर्न सक्ने सहयोग प्राबिधिक तथा आधुनिक सहयोगको समेत अपेक्षा प्रकट गरे ।

२०८० पुष १४, शनिबार १३:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय