जनकपुरधाम : भारतको अयोध्यामा भगवान रामको नवनीर्मित मन्दिर पा्रण प्रतिष्ठाको लागि जनकपुरधामबाट ११ सय भार (कोसेली) पठाईएको छ ।

२२ जनवरी तारेखमा प्राणप्रतिष्ठाको अवसर पारेर राम मन्दिरका लागि जनकपुरधामबाट भारयात्रा गर्दै ११ सय कोसेली पठाइएको हो । भारयात्रा जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान विहिवार विहानै प्रस्तान गरेको हो । कोसेलीमा चाँदीले बनाइएको तिर-धनुष, चाँदीकै खराम र अन्य आभुषण पनि पठाइएको छ ।

जनकपुरधाम स्थित जानकी मन्दिरबाट महन्थ रामतपेश्वर दास वैष्णव, मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव र पूर्वउप-प्रधानमन्त्री एव्म नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको विदाईपछि भारयात्रा भारतको उत्तरप्रदेश स्थित अयोध्याका लागि प्रस्थान गरेको हो । अयोध्या भगवान रामको जन्मभुमि हो । जहाँ रामको १६१ फिट अग्लो मन्दिर निर्माण हुनेछ ।

भारत यात्रालाई विदाई गर्दै मधेसका मुख्यमन्त्री यादवले आफ्नै कार्यकालमा भगवान रामको नवनिर्मित मन्दिर र माता सीताको ससुरालीमा घरवासको भार पठाउन पाउँदा गौरवान्वित महशुश भएको बताए । मुख्यमन्त्री यादवले हातमा कोसेली बोकेर जनकपुरको बिभिन्न भागको परिक्रमा गर्दै उनीहरुलाई बिदाई गर्दै भने, ‘सीताको ससुरालीमा नयाँ घर निर्माणमा माइती पक्षको तर्फबाट घरमा कुनै समानको अभाव नहोस् भनेर ससुराली जनकपुरबाट कोसेली पठाइएको छ ।’
विहिवार राती भार यात्रा वीरगञ्जमा विश्राम गर्नेछ । जनवरी ५ तारिखमा भारयात्रा अयोध्या पुग्नेछ । अयोध्या पुगेको भोलिपल्ट भारयात्रामा लगिएका पाहुर अयोध्या स्थित राम जन्मभूमि तिर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका पुजारी एवंम भार समिति संयोजक रामरोशन दास वैष्णवले जानकारी दिए ।

पाहुरमा विभिन्न प्रकारका कपडा, आभुषण, भाडावर्तनका साथै विभिन्न मिठाई तथा पकवानहरु रहेका छन् । यसका साथै भगवान रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ । भारयात्रामा सहभागी जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले भगवान रामको घर अर्थात हामीहरुको चेली माता सीताको नवनीर्मित घरमा गृहप्रवेश कार्यक्रममा यहाँबाट कोसेली लिएर जान पाउँदा जनकपुरधामवासी मात्रै नभई सम्पूणर् मिथिलावासी गदगद रहेको बताए ।
जनकपुरधामबाट निस्केको भारयात्रा महोत्तरीको जलेश्वर स्थित हुलाकी सडक हुँदै मलंगवा पुग्ने कार्यक्रम रहेको छ । मलंगवाबाट बारा स्थित गढीमाइ दर्शनपछि वीरगञ्जमा रात्री विश्राम गर्ने कार्यक्रम छ । वीरगञ्जमा वास बसेको भोलिपल्ट निस्किने भारयात्रा भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर, गोरखपुर हुँदै अयोध्या पुग्नेछ ।

जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको पाण प्रतिष्ठा हुने कार्यक्रम रहेको छ ।
भारतको सर्वोच्च अदालतले गत २४ कात्तिकमा अयोध्याको बाबरी मस्जिद भएको स्थान भगवान् श्रीरामको जन्मभूमि भएको फैसला गरेपछि भारत सरकारले त्यहाँ २.७७ एकड जमिनमा राम मन्दिर निर्माण गर्ने निणर्य गरेको थियो । सरकारले रामभूमि तीर्थ क्षेत्र ट्रस्ट गठन गरेर मन्दिर निर्माणको तयारी थालेको थियो । यसअघि महन्त दासले नेपाल, नेपाली जनता र मिथिला नगरीका तर्फबाट चाँदीको इँटासमेत चढाएको उनका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए ।


भारतमा लामो समय शासन गरेको मुगल शासकले सन् १५२८ मा राम मन्दिरलाई विस्थापन गरी अयोध्यामा बाबरी मस्जिद निर्माण गरेपछि भारतमा विरोध हुँदै आएको थियो । विश्वहिन्दु महासंघका सदस्य मिथुन साहले अयोध्यामा निर्माण हुने श्रीराम मन्दिर संसारभरिका हिन्दूहरुको आस्थाको धार्मिक तीर्थस्थल बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो अटल आस्था र विश्वास रहेको छ । सनातन हिन्दूधर्मले निर्धारण गरेको हाम्रो आध्यात्मिक तथा धार्मिक सम्बन्ध कुनै पनि भौगोलिक र राजनीतिक नक्सा भन्दा माथि रहेको हुँदा हामी नेपालीहरु पनि महत्वपूणर् ऐतिहासिक दिनमा गौरवान्वित भएका छौँ ।’

दुई वटा ट्रकमा कोसेली लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, उनका उत्तराधिकारी महन्थ रामरोशन दाससहित जनकपुरका करिव पाँचसय भन्दा बढी मानिस बिहीबार आयोध्या प्रस्थान गरेका छन् ।

२०८० पुष १९, बिहीबार १८:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय