नेपालवाणी / जनकपुरधाम

मधेश आन्दोलनका क्रममा मारिएका शसस्त्र प्रहरी असई थमन विक हत्या मुद्दामा जन्मकैदको सजाय पाएका मोहन ठाकुरलाई जेल चलान गरिएको छ । जलेश्वर नगरपालिका ९ निवासी मोहन ठाकुर लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय पूरा गरि छुटेको समयमा उनलाई पुनः प्रहरीले पक्राउ गरि थमन वि.क.हत्यामा दोषी करार भएकोले पुन जेल चलान गरेको छ ।

जन्मकैद सजाय पाएकोमा प्रहरीले महोत्तरी जिल्ला अदालतमा बुझाएपछि जिल्ला अदालत महोत्तरीबाट सजाय भुक्तानी गर्न जलेश्वर कारागारमा बुझाएको छ । उनलाई गत मंसिर २८ गतेको जिल्ला अदालत महोत्तरीको फैसलाले दोषी करार भई गत पौष १३ गते जलेश्वर कारागार चलान गरिएको हो । उनले सजाय भने पौष १२ गते देखि गणना हुने छ ।

सोहि मुद्दामा पहिलो पटक पक्राउ परि पुर्पक्षमा उनले २ महिना २५ दिन कारागारमा बसिसकेकोमा उनको २० वर्षको सजायबाट सोहि समय कट्टा भई उनले थप १९ वर्ष ९ महिना ५ दिन सजाय भुक्तान गर्नु पर्नेहुन्छ । यता सोहि मुद्दामा पहिले देखि नै पुर्पक्षमा रहेका प्रदीप साह माझी र संजय कुमार साहले समेत जन्मकैदको कुल बिस वर्ष सजाय मध्ये हालसम्म कारागारमा बसेको समय कट्टा गरि थप सजाय काट्नु पर्ने हुन्छ ।

२०७२ सालको मधेश आन्दोलनको समय हत्या गरिएका शसस्त्र प्रहरी असई थमन वि.क.को हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले गत मंसिर २८ गते फैसला सुनाउदै प्रदीप साह माझी र संजय कुमार साह,मोहन ठाकुर सहित पुर्व राज्यमन्त्री तथा लोसपाको संसदिय दलका नेता अभिराम शर्मा,जलेश्वर अस्पतालका पुर्व अध्यक्ष सुरेश पाण्डेय र धर्मेन्द्र राय, जलेश्वर नगरपालिकाका पुर्व मेयर रामशंकर मिश्र शाही लगायतका सात जनालाई जन्मकैद फैसला सुनाएको थियो । उनीहरुले यसैसंगै आगजनी मुद्दामा थप ६ महिना कैद र १० लाख क्षतिपुर्ति समेत तिर्नु पर्ने फैसला रहेको छ ।

सोहि घटनामा नाम जोडिएका एमालेको तर्फबाट महोत्तरी १ का प्रतिनिधीसभा सदस्य लक्ष्मी महतो कोइरी र जलेश्वर नगरपालिका ९ निवासी पवन कापरले सफाई पाएका थिए । यता १९ जनाको नाममा मुद्दा अझै मुल्तवी राखिएको छ ।

मधेश आन्दोलनको क्रममा आन्दोलनलाई मत्थर पार्न षडयन्त्रपुर्ण तरिकाले आन्दोलनकारीहरुको नाम समावेश गरेको र अदालतको फैसला न्यायपुर्ण नभएको भन्दै लोसपाको तर्फबाट फैसला भएकै दिनदेखि प्रदर्शन भैरहेको छ ।

यस्तो थियो घटना ः

मधेश आन्दोलनको क्रममा २०७२ साल भाद्र २५ गते विहान जलेश्वरमा केहि व्यक्तिहरुले शसस्त्र असई थमन विकलाई कुटपिट गरि घाईते बनाएको थियो ।

उद्धार गरि जलेश्वर अस्पताल लगिएको र त्यहाबाट थप उपचारको लागि जनकपुर लग्ने क्रममा महोत्तरी गाउपालिकाको सोनुषडामा एम्बुलेन्स रोकी एम्बुलेन्सबाट थुतेर सोहि ठाउ स्थित धान खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

२०८० पुष २४, मंगलवार १८:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय