काठमाडौँ : आइएसएमटी कलेजको आयोजनामा ‘आइएसएमटी जब फेयर’ सम्पन्न भएको छ । काठमाडौँ तीनकुने गैरी गाउँ स्थित कलेज परिसरमा बुधबार जब फेयरमा नेपालका प्रतिष्ठित २१ कम्पनीले स्टल राखेका थिए ।

यस ‘जब फेयर’मा आफ्नो अध्ययन सम्पन्न गरेका २२५ विद्यार्थी अन्तर्वार्तामा सहभागी भएका थिए । विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्देश्यका साथ सञ्चालित यस आइएमटी कलेजले वर्षमा कम्तीमा दुई पटक यस किसिमको जब फेयर आयोजना गर्ने गरेको छ ।

कलेजले यस किसिमका पहलले अध्ययन सकेका विद्यार्थीहरूलाई आफ्नो क्यारियर को सुरुवात गर्न सहज हुने विश्वास लिएको छ ।

बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्ड बाट सम्बन्धन प्राप्त यस आइएसएमटी कलेजले बिबिए, बिएचएम, बीएस्सी आइटी, बीएस्सी (अनर्स) साइबर सेक्युरिटी र डिजिटल फोरेन्सिक एमबिए तथा एमएस्सी कम्युटिंग लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । आइएसएमटी ग्रुप अन्तर्गत युनिभर्सिटी अफ सन्डरल्याण्ड युकेकै सम्बन्धनमा नेपालका प्रमुख सहरहरू चितवन, पोखरा, विराटनगर र बुटवलमा आफ्ना कलेजहरू सञ्चालन गरिरहेको छ ।


२०८० पुष २६, बिहीबार २०:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय