
काठमाडाैं, पुस २७ : रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राखेर सबैको साझा बनाउनुपर्ने बताएका छ।
राप्रपाले शुक्रबार आयोजना गरेको चियापान कार्यक्रममा लामिछानले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई सबैले सम्मान गर्नुपर्ने र उनलाई राजनीति भन्दा माथि राखेर सवैको साझा बनाउनुपर्ने बताएका हुन्।
राजनीतिक दलहरुबीच मतभेद रहेपनि चियापान कार्यक्रमले भेटभावका साथै सद्भावको वातावरण बनाउने उनले बताए। उहाले राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्न पनि चियापान कार्यक्रममा आएको जिकिर गरे।