
महोत्तरी : नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका सचिब राजकरण महतोसँग राजधानी काठमाण्डौंमा भएको दुर्व्यवहारको बर्दिबास नगर पत्रकार सञ्जाल, महोत्तरीले निन्दा गरेको छ ।
सञ्जालका संस्थापक सचिबसमेत रहेका महतोलाई आइतबार काठमाण्डौंको तीनकुनेमा सार्वजनिक यातायातका बसका कण्डक्टरले भेषभुषा र बोलिचालीको भाषाकै आधारमा हेप्दै दुव्र्यवहार गरेका घटनाको सञ्जालका अध्यक्ष गोपाल बरालले विज्ञप्ति प्रसारित गर्दै निन्दा गरेका हुन् ।
“सञ्जाल परिवार पत्रकार महतोमाथि भएको विभेदपूणर् दुव्र्यवहारको छानविन गरी दोषीमाथि कार्वाहीको माग गर्दछ” प्रसारित विज्ञप्तिमा अध्यक्ष बरालले उल्लेख गरेका छन् । बरालले हाल अन्नपूणर् राष्ट्रिय दैनिकको केन्द्रीय कार्यालय तीनकुने काठमाण्डौंमै कार्यरत महतोसँगको दुव्र्यवहारको घटनाका दोषीलाई कार्वाहीका लागि आवश्यक समन्वय गरीदिन पत्रकार महासङ्घ केन्द्रीय समिति, उपत्यका प्रदेश समिति र काठमाण्डौं शाखासँग अनुरोध गरेका छन् ।
पत्रकार महतोले आफु सँग भएको दुव्यवहारविरुद्ध कार्वाहीको माग गर्दै काठमाण्डौंमै प्रहरी र मधेशी आयोगमा उजुरी दिएका बुझिएको छ ।