गोविन्द महतो / जनकपुरधाम

मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ । सिके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको हो ।

शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय गरी दुई जना मन्त्री सहभागी थिए । सरकारलाई दिएको समर्थन फिर्ता लिदै मधेश सरकारबाट जनमत पार्टी अलग भएको छ । ‘मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने निर्णय गरेका छौं,’ सांसद चन्दन सिंहले भने ।

पार्टीका संसदीय दलका नेता तथा मन्त्री महेश प्रसाद यादवले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको बताए । ‘म सहित मधेश सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको छ । केही बेरमा राजीनामा बुझाउदेछौं,’ उनले भने, ‘नेपालको संविधानको धारा १६८ अनुसार जनमत पार्टीको समर्थन रहेकोमा आजैको मितिबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं ।’

पछिल्लो समय सत्ता गठबन्धनसँग जनमत असन्तुष्ट बन्दै गएको छ । राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी बाँडफाँट देखि नै जनमत असन्तुष्ट छ । मधेशमा जनमत र जसपाबीच तिक्तता बढ्दै गएको छ ।

हिजो मात्र सप्तरीमा मधेश कृषि विद्यालयको शिलान्यास कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि हुँदा जनमतले विरोध जनाएको थियो । सोही क्रममा मन्त्री सहित ३ जना सांसद घाईते भएको थियो भने दजनौं कार्यकर्ता घाईते भएको थियो ।

२०८० माघ ९, मंगलवार १८:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय