नेपालवाणी डटकम ।
जनकपुरधाम, माघ ।

मधेश प्रदेश सभामुख कप २०८० मा सिरहाले रोमाञ्चक जित हासिल गरेको छ । जनकपुरधाममा जारी प्रथम मधेश प्रदेश सभामुख क्रिकेट कप–२०८० मा सिरहा र पर्सा जिल्ला बीच भएको खेलमा सिरहाले रोमाञ्चक जित हात पारेको हो ।

जनकपुरधाम स्थित रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा आइतबार चार रनले पर्सालाई पराजित गर्दै सिरहा विजयी भएको हो । मधेश प्रदेशसभाले छैठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सभामुख कपको दोश्रो दिन सिरहा क्रिकेट टिम टस जितेर पहिलो ब्याटिङ थालेको थियो । सिरहाका खेलाडीहरु ३८ ओभर चार बलमा सबै विकेट गुमाएर १ सय ४२ रनको लक्ष्य पर्सा समक्ष प्रस्तुत गरेका थिए ।


सिरहाको सुरुवाती ब्याटिङ मजबुत देखिएपनि पछि खराब प्रदर्शन गरेका थिए । ओपनिङ ब्याटिङ गरेका शैलेन्द्र साह र दिपेश दासले ६९ रनको साझेदारी गरेका थिए । दासले ५६ बलमा ४१ र साहले ५१ ब्लमा ३७ रनको योगदान दिएका थिए । त्यस्तै, सिरहाकै लागि कृष्ण साहले ३८ बलमा २२ र रिसब कार्कीले १० रन बनाएका थिए ।

पर्साको लागि बलिङ गरेका अनुज चौहानले सात ओभरमा एक मेडन सहित मात्र २२ रन खर्चेर पाँच विकेट लिएका थिए । पर्साकै अकुब अन्सारीले तीन, सोनु शर्मा र सम्साद मन्सुरीले एक÷एक विकेट लिए ।

जवाफी ब्याटिङका लागि आएका पर्सा टिम ३७ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ३७ रन बनाउन सके । पर्साका हासिम अन्सारीले ३० बलमा २२ रन, अकुब अन्सारीले ६६ बलमा २६ रन, अनुज चौहानले ४१ बलमा २८ रन बनाए ।
I
सिरहाका लागि बलिङ गरेका पृथ्वी यादवले ८ ओभरमा एक मेडन सहित २० रन खर्चेर तीन विकेट लिए । अफरुदिन राइन, आशुतोष पटेल र तारपेश्वर मुखियाले समान दुई÷दुई विकेट लिए । यस खेलको म्यान अफ दी म्याच सिरहाका दिपेश दास घोषित भएका थिए ।

सोमबारको बारा र रौतहटबीच प्रतिस्पर्धा हुने खेल तालिका छ ।
सिरहा र पर्सा बीच भएको खेलमा म्यान आँफ दी म्याच दिपेश दासलाई नगद सहित शिलड वार्षिकोत्सव समितिका संयोजक कञ्चन विच्छा र सदस्य किरण कुमारी साह तथा जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोज कुमार साहले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

२०८० माघ १४, आईतवार १८:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय