किसन साह,
सर्लाही : नक्कली नोटको ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पूर्व-पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका-११, कडरिया चोकबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौतहट जिल्लाको माधवनारायण नगरपालिका–२ का ३६ वर्षीय संजय सहनी र सर्लाहीको बलरा नगरापालिका–७ का २७ वर्षीय अमरेन्द्र महरा छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश–०२–०२७प४२५६नम्बर र बीआर ३०एसी ८३१८ भारतीय नम्बरको मोटरसाइकललाई प्रहरीले सुराकीको आधारमा नियन्त्रणमा लिएको हो ।

४२५६ नम्बरको मोटरसाइकलमा सवार सहनीले बोकेको कालो खैरो रङको झोला जाँच गर्नेक्रममा २५ वटा बण्डल प्लास्टिकले र्‍याप गरेको अवस्थामा प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

उनका अनुसार २१ बण्डलमा बीचमा पेपर तल र माथि केही हजार दरका नक्कली नोट र ४ वटा बण्डलको तल र माथि केही हजार दरका नक्कली नोट तथा बीचमा टेस्टी बिस्कुटको पुरीया फेला परेको छ । २५ वटा बण्डलमा कूल १ सय ७२ थान हजार दरका नक्कली नोट फेला परेको प्रहरी निरीक्षक गिरीले बताए ।

यस्तै, हिजो(बुधबार) जिल्लाकै मलंगवा नगरपालिका-३ बाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित मलंगवा नगरपालिका-९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन पक्राउ परेका थिए ।

२०८० माघ १८, बिहीबार २१:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय