बर्दिबास:  बर्दिबास नगरपालिका वाडा न.-९ पशुपतिनगरमा बिहिबार हनुमन मन्दिरको गरिएको छ ।

वडा नं. ९ का वडा अध्यक्ष घुरन महतोले पशुपतिनगर स्थित बजारको  परिसर भित्र हनुमान मन्दिरको शिलान्यास गरेको छ ।  हनुमान मन्दिरको कुल लागत अनुमान ५ लाख रहेको छ ।

जग्गाको विवादले केहि वर्ष देखि  हनुमान मन्दिर शिलान्यासको काम अलपत्र परेका थिए । बर्दिबास नगरपालिका-९, र भंगहा नगरपालिका-४, को सिमाना रहेको जग्गा पछि ९का वडा अध्यक्ष घुरन महतो र भंगहा-४का वडा अध्यक्ष गणेश महतोको सहमति पछि मन्दिर शिलान्यास गरिएको स्थानीय प्रवेश सिंहले बताए ।

अध्यक्ष घुरन महतोले विभिन्न राजनितिक पुर्वाग्रह राखि विकाश निर्माण कार्यमा अवरोध भन्दा सबै जना मिलि विकाश निर्माण कार्यहरुमा सरीक हुन अनुरोध  समेत गरेका छन् ।

 

२०८० माघ १९, शुक्रबार १२:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय