नेपालवाणी डटकम
महोत्तरी (बर्दिवास) माघ ।

बर्दिवास नगरपालिकाले ग्रीन सिफ्ट परियोजना सञ्चालन गर्ने भएको छ । दिगो विकास तर्फको महत्वपूर्ण कदमको आधिकारिक रुपमा साझेदारी गर्दै ग्रीन सिफट सर्कलारिटी आँफ प्लाष्टिक वेस्ट फर नेट जेरो कार्वन नेपाल (ग्रीन सिटी नेपाल) अन्तर्गत परियोजना सञ्चालन गर्न लागिएको हो । चक्रिय अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि युरोपेली संघको सहयोगमा कार्यन्वयन हुन लागेको चार वर्षीय परियोजना सञ्चालनको सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

परियोजनाको कार्यान्वयन गर्ने नेतृत्व क्रियसनले लिएको छ भने कन्सोर्टियम साझेदारहरु रेष्टलेस डेभलोपमेन्ट र युथ ईनोभेसन ल्याव रहेको छ । त्यसैगरी बर्दिवास नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि तथ्यांक संकलन, अनुसन्धान र नीति निर्माणमा सहयोग गर्न नगरपालिकामा फेलो राख्न लागि वेस्ट स्मार्ट फेलोसि समेत प्रदान गरिने भएको सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता पश्चात बर्दिवास नगरपालिकाका उप–प्रमुख तारा देवी महतोले साझेदारीप्रति उत्साह व्यक्त गर्दै भने, ‘परियोजनामा हस्ताक्षर गर्न र साझेदारहरुसँग मिलेर काम गर्न पाउँदा धेरै खुसी छौं । प्रस्तावित गतिविधिहरुले नगरपालिकालाई प्लास्टिक फोहोर व्यवस्थापन क्षेत्रमा ठूलो योगदान पु¥याउनेछ । यो परियोजनालाई कार्यान्वयन गर्न हाम्रो पूर्ण सहयोग हुनेछ ।’

बर्दिवास नगरपालिका सहित ग्रिनसिफ्ट नेपाल परियोजनाले बागमती, लुम्बिनी र मधेश प्रदेशका ९ पालिकामा काम गरिरहेको छ ।
ग्रीनसिफ्ट नेपालले फोहोर सङ्कलन गर्ने उद्योग, साना तथा मझौला उद्योग, सफाइकर्मीहरुको संस्था, युवाहरु, विद्यालयका बालबालिकाहरु र तीनै तहका सरकारहसँग मिलेर काम गर्छ । परियोजनाले सरसफाइ क्षेत्रमा आबद्ध उद्यमीहरुको क्षमता निर्माण गर्न उनीहरुको प्लास्टिक फोहोर संकलन क्षमता अभिवृद्धि गर्ने; प्लास्टिक वैकल्पिक उत्पादन र प्याकेजिङ्गको प्रवद्र्धनको लागि काम गर्छ ।

साना तथा मझौला उद्योगलाई समर्थन गर्ने; ज्ञान र चेतना अभिवृद्धि गर्न विद्यार्थीहरुसंग काम गर्ने; युवाहरुलाई पैरवी र सचेतना अभियानहरुमा संलग्न गराउने; र युवा र सफाइकर्मीहरुको संस्थाको सक्रिय संलग्नता मार्फत समावेशी र प्रमाणमा आधारित नीति निर्माणका लागि तीन तहको सरकारलाइ सहयोग गर्ने गर्छ ।
सन् २०४५ सम्ममा नेपाललाई नेट शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धतालाई समेत परियोजनाले सहयोग गर्छ । यसले सन् २०३० सम्ममा १०० नगरपालिकाहरुमा फोहोर छुट्याउने र फोहोरबाट ऊर्जा बनाउन पहल गर्ने प्रतिबद्धता राखेको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) लक्ष्यहरुमा पनि योगदान पुर्याउँछ ।

नीति विकास, सचेतना अभियानहरु, र क्षमता–निर्माण पहलहमा सक्रिय संलग्नताबाट, बर्दिवास नगरपालिकाले चक्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्छ । जसले गर्दा दिगोपन र वातावरणीय व्यवस्थापनका राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउँछ ।
बर्दिवास नगरपालिकाको पहलले वातावरणीय चुनौतीहरुको सम्बोधनमा सक्रियता देखाउँदै अन्य नगरपालिकाहरूको निम्ति उदाहरणीय बन्ने अपेक्षा छ ।
विगत केही दशकहरूमा प्लास्टिकको खपत उल्लेखनीय रूपमा बढेको छ, जसले प्लास्टिक फोहोर व्यवस्थापनका लागि महत्त्वपूर्ण चुनौतीहरू सिर्जना गरेको छ ।
नेपालभरका ल्यान्डफिलहरुमा दैनिक करिब ६०० टन प्लाष्टिक फोहोर फालिन्छ । जुन प्रतिवर्ष २१९,००० टन हो । त्यसैगरी, नेपालमा प्लास्टिक चुहावट प्रतिवर्ष करिब २०,६०० टन हुने अनुमान छ । यी प्लास्टिकहरु समयको साथ वातावरणमा संचित भएर म्याक्रो र माइक्रो प्लास्टिकमा परिवर्तन हुन्छ ।
Show quoted text

२०८० माघ २२, सोमबार १८:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय