
नेपालवाणी डटकम
जनकपुरधाम, फाल्गुन ।
एञ्जल्स स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जनकपुरधाम स्थित एञ्जल्स स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर रुपमा घाईते भएको छ ।
घाईते सबैको उपचार मधेश स्वास्थ्य प्रतिष्ठान अन्तर्गतको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको जिल्ला ट्राफिक कार्यालय, धनुषा जनकपुरधामले जनाएको छ । मृत्यु हुनेमा जनकपुरधाम उप– महानगरपालिका वडा नं. २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेकी प्रहरीले जनाएको छ ।
जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उप–महानगरपालिका २३ विन्धिमा जनकपुरको एञ्जल्स स्कुलको प्र २–०२–००१क ०४३१ नम्बरको बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
घाइतेहरुमा स्थानीय पशुपति देवी, अम्बिका झा, ममता देवी यादव लगायत पाँच जना छन् । सडक छेउमा हिँडिरहेका महिलालाई तिव्र गतिमा रहेको बसले ठक्कर दिएको स्थानीयबासिन्दाले बताएका छन् ।
विवाहका लागि माटो खन्न गइरहेकी महिलाहरुको समुहलाई बसले किच्दा स्थानियका दुर्घटना भएको हो । दुर्घटनापछि आक्रोषितहरु बसमा तोडफोड गरेको छ । स्थिति नियन्त्रणको लागि प्रहरी परिचालन गरिएको छ । दुर्घटनाको विस्तृत बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।