
गोविन्द महतो / जनकपुरधाम
मधेश सरकारमा एमालेको प्रवेश भएको छ । नेपाली काङ्ग्रेसको मन्त्रीलाई बर्खास्त गर्दै एमाले सन्सदिय दलका नेता सरोज कुमार यादवले भौतिक पुर्वाधार मन्त्रालय लिदै सपथ ग्रहण गरेको छ ।
प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले मन्त्रीको सपथ खुवाएका थिए ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन् ।
मधेश सरकारमा नेपाली कांग्रेसबाट ३ जना मन्त्री छन् । त्यस्तै जनमत पार्टीका सांसदले सरकार छाड्दा खाली भएका २ मन्त्रालय पनि मुख्यमन्त्रीको जिम्मामा छ । स्रोतका अनुसार नेकपा एमालेले ४ वटा मन्त्रालय पाउनेछ ।
एमाले नेता सरोजकुमार यादव २७ पुस २०७९ मा मधेशको भौतिक पूर्वाधार मन्त्री बनेका थिए । तर केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।
एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले तत्काल एकजना मात्रै सरकारमा सहभागी भएको र पछि पुन: ३ जना सहभागी हुन सक्ने बताए । काङ्ग्रेसको मन्त्रीलाई राजिनामा दिन भने पनि नमानेपछी बर्खास्त गरिएको हो ।
समारोहमा मुख्यमन्त्री सरोज यादव तथा सभामुख रामचन्द्र मन्डल सहभागी रहेका थिए ।