नेपालवाणी / जनकपुरधाम

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरमा प्रसूति गृह (बर्थिङ सेन्टर) निर्माणका लागि शिलान्यास गरेको छ । धनुषा क्षेत्र नं. १ (ख) का निर्वाचित सांसद समेत रहेका मण्डलको विशेष पहलमा २५ लाख लागतमा प्रसूती गृहको (बर्थिङ्ग सेन्टर) शिलान्यास गरिएको हो ।

मधेश प्रदेशसभाका सभामुख मण्डल र क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । एमालेका नेता रामखेलावन महतो (महन्जी)को विशेष पहलमा सभामुख मण्डलले त्यहाँका स्थानीय नागरिकको सेवा सुविधाका लागि सधै पहल गर्ने बताए । उनले भने, ‘नागरिकको सेवा सुविधाका लागि बर्थिङ्ग सेन्टरको मागलाई आवश्यकता अनुरुप विकासमा परिणत गर्न खोजेको छु ।’

सभामुख रामचन्द्र मण्डलले राजनीतिलाई विकाससंग नजोडेर विकासलाई नागरिकको सरोकारसंग जोडेर विकासको काममा बाधा अवरोध फुकाउन आवश्यक रहेको बताए । उनले भने, ‘स्थानीयबासीको आधारभुत आवश्यकता अन्तर्गत पर्ने स्वास्थ्य सेवालाई पुरा गर्नु जनप्रतिनिधिको कर्तव्य अन्तर्गत बर्थिङ्ग सेन्टर शिलान्यास गरेको हुँ ।’

शिलान्यास समारोहमा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले कविर कुटी (सन्त आश्रम) को लागि खानेपानी सहितको व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

२०८० चैत्र २१, बुधबार १७:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय