
काठमाडौँ । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ ।
सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ ।
इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन् ।