काठमाडौं : माइतीघर मण्डलामा फिब्व ख्य लेखिएको बोर्ड हटाएको भन्दै नेवा राष्ट्रिय परिष्दले प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ।

वैशाख १ गते औपनिवेशिक नाम भएको भन्दै माइतीघर मण्डलालाई वहिष्कार गर्दै नेवा राष्ट्रिय परिष्दले फिब्व ख्यः नाम लेखिएको बोर्ड राखिएको थियो।

नेवाः राष्ट्रका जनताहरू जिल्ला प्रशासन कार्यालयलाई फिब्व ख्यः लेखिएको बोर्ड किन हटाईएको हो र सो बोर्ड कँहा छ भन्नेवारे पनि स्पष्टिकरण सोधिएको छ।

सो कार्य फेरी पनि एकलराष्ट्रिय राज्यकोचिन्तन बोक्ने सत्ताधारीहरुले यस भूमिका स्वदेशी रैथाने राष्ट्रमाथि गरेको दमन भएको नेवा राष्ट्रिय परिष्दका संयोजक सुमन सायमीले बताए, हो। सत्ता र सरकार नेवाःको पहिचान स्वीकार्न तयार नरहेको कुरा प्रष्ट भएको उनले बताए। विडम्बनाको कुरा, अधिकार पहिचानको संघर्षको परिचायक बनेको यो स्थानले भने आफ्नै मौलिक पहिचान र नाम गुमाउने स्थिति सिर्जना भएको छ। उनले भने, ‘यसले नेवाः राष्ट्रको आत्मसम्मानमा चोट पु¥याएको सम्पूर्ण नेवाःको बुझाइ छ।’

उपत्यका निर्माणको क्रममा नै रहेको नाम फिब्व ख्यः को अर्थ वालुवाको चौर भन्ने हुन्छ। एकातिर नाम विस्थापित गरि पहिचान मेट्ने काम भयो भने स्वदेशी भूमिमा जानलाई उनीहरुलाई नै निषेध गरिएको उनले बताए। त्यसैगरी गत चैत २४ गते भद्रकाली परिसरमा नेपाः मण्डल घोषणा कार्यक्रममा विविध सांस्कृतिक बाजा समेत बलजफ्ती पुर्वक खोसिएर जफत गरिएका उनले बताए। ति साँस्कृतिक बाजाहरु कहाँ र कस्तो अवस्थामा राखिएकोछ, तिनीहरु जस्ताको तस्तै यथाशिध्र ससम्मान फिर्ता दिन उनले आग्रह गरे।


२०८१ बैशाख ७, शुक्रबार १८:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय