अडियो सुन्नुहोस् :

जनकपुरधाम :  संचारकर्मी विनय कुमार यादवले आफ्नी श्रीमति रुबिना अधिकारीलाई अन्तिम मेसेजमा अन्तिममा आफू जसरी पनि घर आउने भ्वाईस मेसेज गरेका थिए । सो मेसेजमा उनलाई कस कसले रोकेर राखेको छ भनेर नाम लिएका छन् ।

सोमबार राती १२ः३२ बजे श्रीमति रुबिनालाई गरेको २१ सेकेण्डको भ्वाईस मेसेजमा उनको आवाजमा गघराहट सुन्न सकिन्छ । उनको आवाज सुन्दा उनले घटना हुन सक्ने बारे जानकारी पाएको हुनुपर्ने महसुस गर्न सकिन्छ ।

श्रीमति रुबिनाले १२ बजेपछि पटक पटक फोन गरी घर फर्किन आग्रह गरेपछि उनले भ्वाईस मेसेजमा ४/५ जनाको नाम भन्दै उनीहरुले विनयलाई जबरदस्ती रोकेर राखेको बताएका छन् । अडियो रेकर्डमा “तपाई सुतिहाल्नु यहाँ गुलाब छ, ललन छ, धामी छ, लक्ष्मण छ, ईन्जिनीयरहरु छ, ड्राईभरहरु छ । खाना प्याक गरेर राखेको छु, यीनीहरुले आउन दिएको छैन । हेर्नु न, आउन मिल्छ भने म आउँछु, तर पक्का आउँछु नै ।”

त्यो रात मृतक बिनयको मोटरसाईकल चलाएका आरोपित ललन भन्ने लक्ष्मीनारायण यादवसँगको फोटो । 


यति भनेका पत्रकार यादव पुनः जिवित घर फर्केनन् । उनी लास बनेर अर्थीमा घर पुगे । पत्रकार यादवले गरेको मेसेजमा उनको आवाजमा घबराहट साफ साफ झल्किरहेको सुन्न सकिन्छ । उनले घटनालाई महसुस गरिसकेको जस्तो सुन्न सकिन्छ । साभारः न्यूज ब्युरो

२०८१ बैशाख १५, शनिबार २३:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय