काठमाण्डाै, २२ वैशाख : महाेत्तरीका वरिष्ट पत्रकार गाेपालप्रसाद बराललाई  ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएकाे छ ।
काठमाण्डाैमा सम्पन्न नेपाल पत्रकार महासंघकाे २७ औं राष्ट्रिय महाधिवेशनमा बराललाई शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गर्नुभएकाे हाे । याे  नेपाल पत्रकार महासंघले प्रदान गर्ने विशिष्ट सम्मान मानिन्छ ।
महासंघकाे २७ औं महाधिवेशन शुक्रबार सुरु भएर आज शनिबार (२१-२२ वैशाख २०८१) सम्पन्न भएकाे हाे । प्रेस स्वतन्त्रता सेनानि सम्मान नेपाली पत्रकारितामा निरन्तर दुई दशक बढीदेखि गरि रहेर प्रेस स्वतन्त्रताकाे पक्षमा कलम चलाउने सामान्यतया उमेरले पनि पाका पत्रकारलाई दिने परम्परा छ ।
महाेत्तरीमा याे सम्मान पाउने बराल चाैथाे पत्रकार हुनुहुन्छ । यसअघि जिल्लाकै वरिष्ट पत्रकार विन्देश्वरीप्रसाद मण्डल, कुँवरकान्त झा र रविन्द्र उप्रेतिले याे सम्मान पाइसक्नु भएकाे छ ।

२०८१ बैशाख २२, शनिबार १५:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय