जनकपुरधाम । धनुषामा जारी छात्रा फुटवल प्रतियोगिता–२०८१ अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा बपैmले मावि दुहबी गोबराहीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

वर्षाका कारण मंगलबार हुन नसकेको खेल बुधबार दिउँसो मावि गिद्धाबेलापट्टीको खेलमैदानमा भएको थियो ।
मावि बफैले सेमिफाइनलमा दुहबी गोबराहीलाई ० को विरुद्ध १ गोल अन्तरले पराजित गरेर फाइलनमा स्थान पक्का गरेको हो ।
रोशनी पासवानले बफै टोलीलाई पहिलो हाफमै अग्रता दिलाइन् । १–० ले पछाडि परेको दुहबी गोबराहीले दोश्रो हाफमा पनि बराबरी गोल फर्काउन नसक्दा पराजयको सामना गरेको हो ।

खेलको एक मात्र गोल गरेकी रोशनीलाई प्लेयर अफ दी म्याच प्रदान गरियो । उनले फिल्ड गोल गर्दा टोली दुहबी गोबराहीमाथि हावी भएको थियो ।
प्लान इन्टरनेशनल नेपाल, जापान सरकार र आसमान नेपालको सहयोगमा विदेह नगरपालिकाले आयोजना गरेको छात्रा फुटवल प्रतियोगिता–२०८१ को उद्घाटन खेलमा घरेलु टोली मावि गिद्धाबेलापट्टीलाई पराजित गरेको दुहबी गोबराहीका खेलाडीले सेमिफाइनलमा लय कायम राख्न सकेन् । मावि इटहर्वालाई पराजित गरेर बपैmले प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।

गएको बैशाख २३ गतेदेखि सुरु भएको प्रतियोगिता विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकामा आयोजना भइरहेको छ ।
जनकनन्दनी गाउँपालिकामा बुधबार नै भएको दोश्रो सेमिफाइनलमा मावि केएसएच खजुरीले खजुरी चन्हालाई पराजित गरेर फाइनल प्रवेश गरेको छ ।
केएसएच खजुरी खेल मैदानमा सम्पन्न दोश्रो सेमिफाइनलमा सहज जित निकाल्दै घरेलु टोलीले फाइनलको यात्रा तय गरेको हो । दोश्रो सेमिफाइनलमा केएसएच खजुरीले १–० को गोल अन्तरले खजुरी चन्हालाई पराजित गरेको छ ।

मंगलबार भएको खेलमा खजुरी चन्हाले मावि ठाढीलाई १–० गोल अन्तरले पराजित गरेर सेमिफाइनल प्रवेश गरेको थियो । तर, सेमिफाइनलमा घरेलु टोलीसित पराजित भएर प्रतियोगिताबाट बाहिरिएको हो । मावि केएसएच खजुरीले मावि बनरझुलालाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको थियो ।

मावि केएसएच खजुरीले फाइनलमा विदेह नगरपालिका सम्पन्न

सेमिफाइनल खेलका विजेता बफैको सामना गर्ने भएको छ । फाइनल खेल आउँदो शुक्रबार गिद्धाबेलापट्टी खेल मैदानमा हुने आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिप यादवले बताए । यादवका अनुसार प्रतियोगितामा तेश्रो स्थानका लागि बिहीबार मावि खजुरी चन्हा र दुहबी गोबराही भिड्ने छ ।


२०८१ बैशाख २६, बुधबार २०:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु