गोविन्द महतो / जनकपुरधाम

गत बैशाख ४ गते जनता समाजवादी पार्टीका संसदीय दलका नेता तथा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन नेकपा माओवादी केन्द्रका साहारा मागे । सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टीले सरकारबाट मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिए । सोही क्रममा नेकपा माओवादी केन्द्रले समेत समर्थन फिर्ता लिने हल्ला चल्यो । हल्लाका बीच जसपा र माओवादी केन्द्रका भरत प्रसाद साह बीच एउटा समझदारी कायम भयो ।

सम्झदारी अनुसार जसपाको भागमा रहेको अर्थ मन्त्रालय माओवादीलाई दिने सहमतिमा सरोज यादवलाई विश्वासको मत प्राप्त गरे । तर अर्थमन्त्रीको जिम्मेवारी दिने पूर्वसहमति अनुसार जसपाले सम्हाल्दै आएको अर्थ मन्त्रालय छोड्ने चाहेनन् । माओवादीका नेता साह रुष्ट हुँदै विनाविभागीय मन्त्रीको सपथ लिएका उनलाई वन मन्त्रालय दिदा उनले अस्विकार गरे । पटक–पटक पूर्वसहमति कायम गर्न भन्दै सरकारमाथि दवाव बनाईरहे । तर अर्थ मन्त्रालयबाट नहटेपछि माओवादीले मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिए ।

सोही क्रममा मधेश प्रदेश सरकारबाट नेकपा एमालेले समेत मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो । जसपा नेतृत्वको सरकारमा ४ मन्त्रालय र दुई राज्यमन्त्री लिएर सहभागि भएको एमालेले सबै मन्त्री सहित मुख्यमन्त्री समक्ष राजिनामा बुझाएका हुन् । यसैगरी विना विभागीय मन्त्री साह र उद्योग तथा पर्यटन मन्त्रीको जिम्मेवारी पाएका युवराज भट्टराई सहित राजिनामा बुझाउँदै सरकारको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो ।

एमालेबाट मधेश सरकारका मन्त्रीहरु क्रमशः भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, गृह तथा सञ्चार मन्त्री राजकुमार लेखी, स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंह, शिक्षा तथा संस्कृति मन्त्री प्रमोद कुमार जयसवाल र राज्य मन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

१०७ सदस्यीय प्रदेशसभामा यादवलाई सरकार टिकाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ । यसअघि उनलाई ६१ सांसदले विश्वासको मत दिएका थिए । एमालेका २४ र माओवादी केन्द्रका ९ सांसदको समर्थन फिर्ता भएपछि अब यादव अल्पमतमा परेका हुन् ।

२०८१ बैशाख ३०, आईतवार १९:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय