अनिल निराला , जेठ १ गते । धनुषा प्रहरी द्धारा अबैध सर-समानहरु सहित मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । मघेशमा चोरी पैठारी बढी रहेको समय केही दिन देखि स्थानीय प्रशासन सक्रिय भएर यस्ता कामलाई रोक्न लागि परेको छ ।
मघेश प्रदेशका विभिन्न पालिकाबाट टाँसिएका नाकामा चोरी पैठारी बढी रहेको समय जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जनकपुर उप-महानगरपालिका वडा नं. ३ र गणेशमानचारनाथ नगरपालिका वडा नं. ८ स्थितमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी सर-समानहरु ल्याउदै गरेको विशेष सूचनाको अधारमा बिभिन्न किसिमका किराना सामानहरु सहित ओसार पसारमा संलग्न मोटरसाईकल थान -४ (चार) गरी जम्मा रु.१०,८१,३३२।- (दस लाख एकासी हजार तिन सय बत्तिस रुपैया) बरावरको सर-समानहरु सहित मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जनकपुर भन्सार कार्यालय पठाईएको प्रहरीले जानकारी दिएको छ ।