अनिल कुमार निराला, महोत्तरी ८ जेठ। महोत्तरीका मनरा सिसवा नगरपालिकाका युवाहरु ४ बुदाँ माग राखि मेयर मोहन पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ ।

पालिकाका युवाहरु विभिन्न गतिविधिमा लागिरहेको बेला त्याँहाका स्थानीय सँघसगठन र युवाहरु एक ढिका भएर समाजमा बढि रहेको विकृतिलाई रोक्न र विकासको प्रमुख एजेण्डा राखि ज्ञापनपत्र बुझाएको रवि शंकर सिंहले जानकारी दिनुभएको छ ।

मधेस प्रदेशका पालिकामा शिक्षा, कृषि लगायतका कार्यमा अहिलेसम्म कुनै प्रकारको पहल नभएको कारणले अन्त्यमा सम्पूर्ण युवाहरु संगठित भएर विकासको कार्ययोजनालाई अगाडी बढाउनका लागि ध्यान आकर्षण गराउनका साथै ज्ञापनपत्र बुझाईएको संयोजक सिंह बताउनुभयो।

ज्ञापनपत्रमा खानेपानी अबिलम्ब ब्यबस्था ,शिक्षामा सुधार, पालिकामा बारुण यन्त्रको ब्यबस्था र सिचाइ द्रुत गतिमा कार्यन्वयन होस ज्ञानपत्रमा उल्लेख छ ।

३०-४० जनाका समुहमा गएका युवाहरु मनरा सिसवा नगरपालिका भित्र रहेका यी व्यथितिहरु छिटो भन्दा छिटो समाधान   गर्न हामी बाट सहयोग चाहियो भन्ने नगरको विकास र काम लागि तत्पर छौ भन्दै  यदि शिक्षा र कृषि प्रति विकासमा कुनै प्रकारको राजनितिक षडयन्त्र भयो भन्ने आन्दोलनमा  जाने चेतावनी दिएको संयोजक सिंह बताउनुभयो छ ।

ज्ञापनपत्र बुझाउने क्रममा राधेश्याम सिंह राकेश मिश्रा,राम राजा राय,सुशील साह,सुशील यादब,सन्तोस सिंह,राजिब राय
लागायतका युवाहरुको  उपस्थिती रहेको थियो ।

२०८१ जेष्ठ ८, मंगलवार १०:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय