अनिल निराला,जनकपुरधाम, जेठ ११ :  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकता प्रकरणमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर एवम काँग्रेसका नगरसभापति मनोज साह सिरोहियाको रिहाईको माँग गर्दै धनुषा जिल्ला अदालत अगाडि धर्नामा बसेका थिए ।

वाल्यकाल देखि सिरोहिया  जनकपुरका  ‘श्री सरस्वती उच्च मावि र राराब क्याम्पसमा अध्यन्न अध्यापन  गरेको, उनको पिता जनकपुरधाम उद्योग बाणिज्य संघको स्थापना गरेको सँगै   देशकै   नेतृत्व गरेको के सबै झुठ हो मेयर साह भनाई रहेको छ ।कैलाश सिरोहिया अनागरिक हुनै नसक्ने भएकाले उनमाथी लगाइएको मुद्दा झुठो रहेको उनको तर्क छ ।

प्रेस स्वतन्त्रता कायम गर, झुठा मुद्दा खारेज गर, कैलाश सिरोहियालाई रिहा गर सहितका नारावाजी गरेका मेयर नेतृत्वका कांग्रेस नेता कार्यक्रता जिल्ला अदालतको गेट अगाडि  धर्नामा बसेका थिए । मेयर साहले सिरोहियाको गिरफ्तारी मधेश विरुद्वको विभेद रहेको भन्दै साधारण तारेखमा छोडेर अनुसन्धान गर्नुपर्ने बताउनुभएको  छ।

तर ,केहि दिन भित्रमा धनुषामा दुई वटा पत्रकारको हत्या भईसकेको सर्वविदितै छ खोई अनुसन्धान र कार्वाही किन नेता एवम स्थानीय प्रशासन मौन देखिएको छ ।

विनय र शिवेन्द्रको हत्या  प्रकरणमा पुख्ता प्रमाण भेटिएपनि प्रशासनको कुनै प्रकारका सक्रियता नदेखिएको स्थानीय व्यापारी, बुद्धिजीवी,युवा लगायत व्यक्तिहरुले गुनासो गरेको छ ।विनय ,शिवेन्द्रको हत्या प्रकरण र सिरोहिया नागरिकता काण्डमा स्वच्छ अनुसन्धानको सँगै दोसिलाई कारवाहीका माँग गरिएको छ ।

 

२०८१ जेष्ठ ११, शुक्रबार २२:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय