गोविन्द महतो / जनकपुरधाम

अल्पमतमा रहेको मधेश सरकारलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न दलहरुले ध्यानाकर्षण गराएको छ । मधेश सरकारमा सहभागि बाहेक अन्य चार दलले अल्पमतको सरकारले सत्तामा रहदा दिर्घकालिन असर पर्ने कुनै पनि निर्णय नगर्न नगराउन मुख्यमन्त्री सरोज कुमार यादवलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

मधेशका विपक्षी दलहरु नेपाल कम्युनिष्ठ पार्टी (एमाले) नेपाल कम्युनिष्ठ पार्टी (माओवादी केन्द्र) जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यमन्त्री सरोज यादवलाई सोमवार ध्यानाकर्षण पत्र ब्ुझाएको हो । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०८०/०८१ को स्थतानीय तहलाई दिने सशर्त अनुदान वितरण तथा विभिन्न मन्त्रालयबाट हुने रकमान्तरको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । वर्तमान सरकार अल्पमतमा रहेकोले दिर्घकालिन असर पर्ने खालका निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराउदछु ।’

एमालेका संसदीय दलका नेता सरोज कुमार यादव, जनमतका महेश प्रसाद यादव, माओवादी केन्द्रका भरत प्रसाद साह र लोकतान्त्रिक समाजवादी पार्टीका उपनेता उपेन्द्र महतोले मुख्यमन्त्री सरोजलाईलाई ध्यानाकर्षण गराउदै स्थानीय तहलाई दिँदै आएको सशर्त अनुदानमा अनियमित हुने खेल नखेल्न मुख्यमन्त्री यादवलाई आग्रह गरेको माओवादी केन्द्रका नेता भरत प्रसाद साहले अन्नपूर्णलाई बताए ।

उनले भने, ‘आन्तरिक मिलेमतोमा कुनै स्थानीय तहलाई धेरै र कुनै स्थानीय तहलाई न्यूनतम भन्दा पनि कम दिने प्रचलन विगतमा पनि विवादित भएको र यस पटक पनि त्यसैको खेल चलिरहेकोेले त्यसलाई रोक्न चेतावनी समेत दिएका छौं ।’ अहिले जसपाका सञ्जय यादव अर्थमन्त्री छन् । विगतमा उनले सशर्त अनुदान मनपरी ढंगले वितरण गरेपछि विवादित बनेका थिए । सशर्त अनुदान वितरणमा भ्रष्टाचार भएको भन्दै संसदीय छानबिन समिति बनेको छ । तर समितिले प्रतिवेदन सार्वजनिक गरिएको छैन ।


चालु आर्थिक वर्षमा पनि स्थानीय तहलाई शसर्त अनुदान वितरण मनपरी ढंगले गर्न लागेको सूचना पाएकाले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

२०८१ जेष्ठ १४, सोमबार १४:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय