
काठमाडौं : झन्डै डेढ दशकदेखि भुइँमान्छेका कथाव्यथा खोजी गर्दै सञ्चार माध्यममा उजागर गर्दै आएका युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतो सम्मानित भएका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालले उनलाई शुक्रबार काठमाडौंमा सम्मान गरेको छ । अन्नपूर्ण पोस्ट्को मुख्यालयमा कार्यरत महतो त्यहाँको सिनियर रिपोर्टर हुन् । दलित पत्रकार संघको पाँचौं स्थापना दिवसको अवसरमा सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले पत्रकार महतोलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेकी थिइन् ।
‘पे्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन एवं व्यावसायिक पत्रकारिताको विकासमा तपाईंले अनवरत रूपमा सशक्त योगदान पु¥याउँदै आउनुभएको छ,’ संघका अध्यक्ष विनोद पहाडी र मन्त्री शर्माले संयुक्त रूपमा हस्ताक्षर गरी प्रदान गरेको सम्मानपत्रमा भनिएको छ, ‘पत्रकारिताको माध्यमबाट उत्पीडित तथा दलित समुदायमा जागरण ल्याउन अनवरत रूपमा पु¥याउनु भएको सशक्त योगदानको उच्च कदर गर्दै तपार्इंंलाई सम्मानपत्र प्रदान गरिएको छ।’ महतो नेपाल पत्रकार महासंघ महोत्तरीका सचिवसमेत हुन् ।
अन्नपूर्णकर्मी महतोले मिहिन ढंगबाट आवाजविहीनहरूको कथाव्यथा मिडियामा उजागर गर्दै आएका छन् । उनले उजागर गरेका विषयमा सरोकारवालाको ध्यानसमेत खिचिँदै आएको छ ।
सम्मान पछि पत्रकार राजकरण महतोले समाजिक सन्जालमा लेखे यस्तो :