????????????????????????????????????

नेपालवाणी डटकम
जनकपुरधाम, जेष्ठ ।

पत्रकार सुजित कुमार झाको पुस्तक ‘अन्हार घरमे डिबिया’ शब्दचित्र एक समारोहका बीच लोकार्पण भएको छ । साहित्यकार तथा पत्रकार समेत रहेका रहेका झाको १६ औं कृतिको रुपमा ‘अन्हार घरमे डिबिया’ शब्दचित्रको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोकर्पण गरेका हुन् । सभामुख मण्डलसंगै लोकर्पण समारोहमा मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी तथा लेखक झाले संंयुक्त रुपमा पुस्तकको लोकर्पण गरेका हुन् ।

लोकर्पण समारोहमा बोल्दै मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले लेखन मार्फत समाजमा समाजिक गति प्रदान गरेर उदाहरणीय काम गरेको बताए । उनले भने, ‘समाजलाई अग्रगति दिने पुस्तक तथा लेखनमा मेरो सहयोगको सधै प्रतिबद्धता हुन्छ । समाजमा काम गर्ने वा नगर्ने व्यक्तिमा गतिशिलता हुन्छ, नै तै पनि प्रतिभाहरुलाई जीवन मुल्य, जीवन व्यवहारलाई सजिव बनाउन जिवन मुल्यको व्यवहार सिकाउने भएकोले सदैव सहयोगमा साथ रहनेछु ।’

सभामुख मण्डलले पुस्तक रहेसम्म चरित्र नायकहरु जीवन मुल्य र जीवन व्यवहार पुस्तान्तरण हुने भएकोले पुस्तक पढ्न रुचि देखाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पुस्तकको अस्तित्व जून दिन सम्म रहन्छ तब सम्म यो पुस्तकबाट संजीवनी प्राप्त गर्ने भएकोले मार्ग दर्शन प्राप्तका लागि पुस्तक अपरिहार्य भएको छ ।’ पुस्तकबाटै जीवनी पढेर ठुलठुला क्रान्तिकारीको जन्म भएकोले वृतान्त सुनाउँदै मण्डलले जीवनी पढेर सुनेर अनुशरण गर्दै समाजलाई जीवन्त बनाउने जीवन संघर्षको कथा व्यथालाई पुस्तकमा उतार्नु प्ररेणा हुने बताए ।

किताब लेखन मार्फत सुजित कुमार झाले समाजमा आफ्नो पहिचान स्थापित गर्नु महत्वपूर्ण भएको सभामुख मण्डलले बताए । उनले भने, ‘किताबको लेखन र पठन संस्कृति कम हुँदै गएको बेलामा यस्ता मौलिक भाषाको पुस्तकले पठनमा सहयोग पुग्नेछ । गहिरो अध्ययनको अभाव भएको बेलामा अहिले सञ्चारको जवानामा सरफेसको रुपमा मात्र अध्ययन गर्ने गरेको छ । एउटा समय थियो, जुन बेला नोबेल र ईतिहास बढेर व्यतित गर्ने गरेपनि अहिले मोबाईलमा झुन्डिएर सरफेल आधा अधुरो मात्र जानेर भाषा, साहित्य तथा लेखनमा दुर्घटना निम्त्याउने गरेको प्रशस्तै उदाहरण छ ।’

पत्रकार जयन्त ठाकुरको उदघोषणमा भएको कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्रलाल, राजनीतिज्ञ डा. विजय कुमार सिंह, साहित्यकार तथा लेखक रोशन जनकपुरी, श्यामसुन्दर शशि सहितका व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

 

२०८१ जेष्ठ १९, शनिबार १६:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय