नेपालवाणी नेटवर्क
जनकपुरधाम, जेष्ठ ।

मधेश प्रदेशका नवनियुक्त अर्थ मन्त्री भरत प्रसाद साहले आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रमलाई वस्तुनिष्ठ, अनुमानयोग्य एवं पारदर्शी बजेट निर्माण कार्य व्यवस्था बनाउन र बजेट तर्जुमा प्रक्रिया लाई जनताको वास्तविक आवश्यकतासंग जोडेर अघि बढ्ने बताएका छन् ।

मन्त्री साहले कार्यभार सम्हाल्दै समग्र प्रदेशको समृद्धिमा कृषि, सिंचाई, मल र समग्र योगदान पु¥र्याउन तोकिएकै समय भित्र अगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट तर्जुमा गर्ने बताए ।

उनले प्रचलित कानुनी व्यवस्था अनुसार तोकिएकै समय भित्र मधेश प्रदेश बजेट तथा कार्यक्रममा गरिबी निवारण, उत्पादन वृद्धि र समाजिक न्याय सहितको आर्थिक समृद्धि पहिलो प्राथमिकताका साथ बजेट ल्याउने बताए ।

मन्त्री साहले भने, ‘वितिय संघीयता सफल कार्यान्वयनको लागि प्रदेशको आयमा बढोतरी गर्न प्रदेशको सन्तुलित विकास र समसामयायिक बिकास लाई प्राथमिकतामा राखी बजेट तर्जुमा हुन्छ र्छु । नागरिकले प्रदेश सरकारबाट सहयोगको अनुभुति पाउने गरि प्रदेश सरकारबाट हुने खर्चलाई प्रभावकारी बनाउन ध्यान दिनेछु ।’


२०८१ जेष्ठ २६, शनिबार १३:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय