जनकपुरधाम , धनुषा २८ जेठ ।सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक असई र प्रहरी हवल्कोदारको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका-९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक रविन्द्र कुमार ठाकुरको मृत्यु भएको छ भन्ने घाइते प्रहरी हवल्दार सूर्यकुमार श्रेष्ठको पनि मृत्यु भएको छ ।
सिन्धुली प्रहरीका एसपी गोविन्द काफ्लेका अनुसार श्रेष्ठको उपचारका क्रममा काठमाडौंको प्रहरी अस्पतालमा मृत्यु भएको हो । गम्भीर घाइते भएका श्रेष्ठलाई गोलन्जोरको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा उपचारपछि हेलिकप्टरबाट प्रहरी अस्पताल लगिएको थियो ।
फिक्कल गाउँपालिका वडा नम्बर-५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट गस्ती गर्दै चौकी तर्फ फर्कने क्रममा दुई प्रहरी सवार ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो।
गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा फिक्कल गाउँपालिका-५ झगडेबेंसीको भित्री सडकमा आइतबार अपराह्न भएको दुर्घटनामा परी रत्नावती प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक रविन्द्र ठाकुरको उपचारका क्रममा आइतबारै सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा निधन भएको थियो । धनुषाको कमला नगरपालिका-९ घर भएका ठाकुरको शव सिन्धुली अस्पतालमा पोष्टमार्टम पश्चात सोमबार परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।