अनिल निराला , जनकपुरधाम २८ जेठ । प्रदेश सरकारको कार्यविधि बनाएर बिस्तारै उपभोक्ता समिति बाट हुने काम हटाइने मुख्यमन्त्री सतिश कुमार सिंहले बताउनुभयो।

उपभोक्ता समितिबाट हुँदै आएको विकास निर्माणको काममा भ्रष्टाचारी व्यापक भएको कारणले प्रणालीलाई कार्यविधि बनाएर बिस्तारै हटाउने आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यकक्षमा पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री सिंहले बताउनु भएको छ ।

साना विकास कार्यको योजनामा पैसाको बढी चलखेल भएका कारण यस्ता योजनाहरू अब संचालन नगर्ने जानकारी दिए।

पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री सिंहले    उपभोक्ता समितिबाट हुने कामलाई बोलपत्र आह्वान प्रक्रियाबाट सञ्चालन गरी सुशासन कायम गर्नमा जोड दिए।  । नवगठित प्रदेश सरकारले विगतका योजना पूरा गर्ने प्रतिबद्धता गरे । सर्वोच्च अदालतले सांसद विकास कोष खारेजका सम्बन्धमा गरेको निर्णयको सम्मान गर्दै सांसदहरूले आफ्नो संसदीय क्षेत्रमा सञ्चालन गर्ने योजना तथा कार्यक्रमको खर्च सम्बन्धित मन्त्रालय तथा निकायबाट खर्च गराउने प्रावधान रहेकाले त्यसमा भेदभाव नभएको स्पष्ट पारे ।

प्रदेश सरकारका निकाय तथा कार्यालयमा हुने भ्रष्टाचार र ढिलासुस्ती रोक्न छुट्टै अनुगमन निकाय गठन गरी सुशासनमा जोड दिने उनले उल्लेख गरे ।

उनले चालू आर्थिक वर्ष समाप्तिको समय भएकोले वर्तमान सरकार बजेट, नीति तथा कार्यक्रम बनाउन व्यस्त रहेको बताउँदै मधेश प्रदेशका एक सय ३६ वटै पालिकामा किसानका लागि विशेष कृषि प्याकेज ल्याउने जानकारी दिए । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जानकी मन्दिरको योजनाबद्ध विकास गरिने उनको भनाइ थियो ।

२०८१ जेष्ठ २८, सोमबार १६:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय