गोविन्द महतो / जनकपुरधाम

मधेशका अर्थमन्त्री भरत प्रसाद साहले गत वर्ष भन्दा यस वर्ष मधेशको आर्थिक बृद्धिदर बढ्ने तथ्यांक प्रस्तुत गरेको छ । मधेश प्रदेशसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै प्राथमिक, द्वितीय र सेवा क्षेत्रको वृद्धिदर क्रमश ः ५.४७ प्रतिशत, ०.१४ प्रतिशत र ६.९७ प्रतिशत रहने अनुमान गरेको हो ।
गत वर्ष २०७९/०८० मा २.१६ आर्थिक बृद्धिदर बढ्ने अनुमान गरिएको थियो । सोही अवधिमा समग्र देशको आर्थिक बृद्धिदर ३.८७ प्रतिशत रहने अनुमान छ ।

सोही अवधिमा समग्र देशको आर्थिक बृद्धिदर ३.८७ प्रतिशत रहने अनुमान छ । यसरी देशको चालु आव २०८०÷८१ मा प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादन रु.५७ खर्व ४ अर्व ८४ करोड छ । चालु आर्थिक वर्ष प्रतिव्यक्ति राष्ट्रिय आय १,४५६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने मधेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु. ७ खर्च ४८ अर्व पुग्ने अनुमान छ ।

मधेश प्रदेशको योगदान नेपालको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) १३.१२ प्रतिशत हुने अनुमान रहेको छ भने मधेशो कुल गार्हस्थ्य उत्पादन वृद्धि दर उत्पादक मूल्यमा) ३.७८ प्रतिशत रहने अनुमान छ ।
मधेशको चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपालन) को योगदान सबैभन्दा धेरै ३५.१९ प्रतिशत रहने अनुमान छ भने यस क्षेत्रको कुल मूल्य अभिवृद्धि दर ३.८० प्रतिशत रहने अनुमान छ ।

सार्वजनिक वित्त

आव २०७९/८० मा प्रदेशगत कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) मा मधेशको खर्च र राजश्वको अनुपात क्रमशः ३.८२ प्रतिशत र १.९० प्रतिशत रहेको छ । चालु आवमा बजेटको आकार आव २०७९/८० को भन्दा ५.९० प्रतिशतले कम थियो । आव २०८०/८१ को फागुन मसान्त सम्म प्रदेश सरकारको कुल खर्च रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.३४ प्रतिशतले कमी भई रु ५ अर्व ११ करोड छ । चालु आवको फाल्गुन मसान्त सम्ममा चालु खर्चतर्फ रु. ३ अर्व १० करोड खर्चमा कुल खर्चको ३९.२१ प्रतिशत चालु खर्च र ६०.७९ प्रतिशत पुँजीगत खर्च भएको छ ।

चालु आव ०८०/८१ को प्रदेश सरकारको बजेटमा समावेश भएको आय अनुमान रु. ४४ अर्व ११ करोड ४६ लाख ३२ हजार रहेकोमा फागुन मसान्त सम्म बार्षिक अनुमानको तुलनामा ५३.३८ प्रतिशत अर्थात् जम्मा रु. २३ अर्ब ५४ करोड ९८ लाख आय (आन्तरिक, बाँडफाँट र नगद मौज्दात) प्राप्त भएको छ । यसैगरी घर जग्गा रजिष्ट्रेशन तर्फ आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्त सम्म रु. ८३ करोड ४४ लाख संकलन भएको छ, जुन कुल वार्षिक अनुमानको ४८.५६ प्रतिशत हो ।

चालु आवमा आन्तरिक राजस्व र राजस्व बाँडफाँटबाट (नगद मौज्दात अनुदान बाहेक) जम्मा रु. १७ अर्व ७६ करोड संकलन हुने अनुमान अनुरुप चालु आवको फागुन मसान्तसम्म उक्त श्रोतहरुबाट कुल रु. ९ अर्व १८ करोड ६२ लाख ४० हजार अर्थात लक्ष्यको तुलनामा ५१.७२ प्रतिशत अर्थात रु. ९ अर्व १८ करोड ६२ लाख ४० हजार अर्थात् लक्ष्यको तुलनामा ५१.७२ प्रतिशत राजस्व प्राप्त भएको छ।

वित्तीय क्षेत्र

२०८० फागुन मसान्त सम्म बैंक तथा वित्तीय संस्थाको शाखा मधेशमा १७७८ रहेको छ। गत बर्षको तुलनामा चालु आव २०८०/०८१ को समीक्षा अवधिसम्म प्रदेश भित्र बैंक तया वित्तीय संस्थाको थप ७ नयाँ शाखा सञ्चालन भएको छ । २०८० फागुन मसान्तसम्म मधेशको जिल्लाहरु मध्ये क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा धनुषा जिल्लामा सबैभन्दा बढी १०७ वटा र सबै भन्दा कम सप्तरी जिल्लामा ६५ वटा सञ्चालनमा छ ।

मधेश प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले २०८० पुस मसान्तसम्म निक्षेपकर्ताबाट चल्ती. बचत, मुद्दती लगायतका अन्य खातामा कुल रु. ३ खर्व १२ अर्व ३० करोड निक्षेप संकलन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आवको समीक्षा अवधिसम्म करिब १९ प्रतिशतले निक्षेप परिचालनमा वृद्धि भएको छ।

नवनियुक्त अर्थ मन्त्री साहले संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा मधेश प्रदेशका लघुवित्त संस्थाहरुबाट चालु आवको चैत्र मसान्तसम्म कुल लगानीको करिब ५५ प्रतिशत कृषि क्षेत्र, साना तथा घरेलु उद्योगमा १० प्रतिशत लगानी भएको छ । त्यस्तै लघुवित्त संस्थाहरुबाट ३४ प्रतिशत सेवा क्षेत्रमा र अन्य क्षेत्रमा १ प्रतिशत लगानी भएको देखिन्छ ।

२०८० फाल्गुन मसान्त सम्म मधेशमा जीवन बिमातर्फ २२६, निर्जीवन बीमातर्फ १२९ र लघुबीत्त १० गरी जम्मा ३६५ बीमक कार्यालयहरु संचालनमा छन् । समीक्षा अविधि सम्ममा नेपालभरी संचालनमा रहेको कुल बीमकको शाखा कार्यालयहरुको १२.४५ प्रतिशत मधेशमा अवस्थित छ ।

प्रदेशमा जीवन बीमा व्यवसाय तर्फ कुल सक्रिय बीमालेख संख्या ५ लाख ६७ हजार ३ सय २४ र निर्जीवन बीमा व्यवसाय तर्फ जारी बीमालेख संख्या १ लाख ९६ हजार ४ सय ९३ गरी जम्मा ७ लाख ६३ हजार ८ सय १७ र उक्त जीवन र निर्जीवन बीमालेखहरुबाट क्रमश ः रु. ८ अर्व ७५ करोड र रु. १ अर्व ७५ करोड गरी जम्मा रु. १० अर्व ५० करोड बीमा शुल्क संकलन गरिएको छ ।

२०८१ जेष्ठ ३२, शुक्रबार २२:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय