स्थानीय अगुवाहरु विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्दै / दृश्य: रोशन महतो

रोशन कुमार महतो,
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ९ स्थित दुर्गा माध्यमिक विद्यालय पथलैयाका २५ जना बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको छ ।

विद्यालय रुपान्तरण अभियान अन्तर्गत स्थानीय शिक्षासेवी मनोज कुमार सिंहको लगानी तथा ब्लडफर नेपालका सदस्य इन्द्रजित महतोको सक्रियतामा शैक्षिक सामग्री तथा स्कूल पोशाक वितरण गरिएको हो ।

नेकपा एमालेका युवा नेता शंकर महतो, वडा नम्बर ९ वडा अध्यक्ष घुरन महतो, नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव तथा समाजिक अभियन्ता राजकरण महतो, विद्यालयका प्रधानाध्याक योगानन्द झा लगायतले उक्त शैक्षिक समाग्री तथा स्कूल पोशाक विद्यार्थीहरुलाई वितरण गरेका थिए । विपन्न तथा गरिव समुदायका बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै पत्रकार राजकरण महतोले सामुदायिक रुपान्तरणका लागि एक दश अघि देखि अभियान चलाइरहेको बताए । सरकार र सामुदायको लगानी सञ्चालित सरकारी विद्यालयमा सबैलाई बालबालिका पठाउन अपिल गरेका थिए ।

त्यसैगरि युवा नेता शंकर महतोले स्कूल बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउनका लागि स्थानीय सरकारले विशेष भूमिका खेल्नु पर्नेमा जोड दिए । उनले बालविवाहले गर्दा मधेसमा स्कूल तहमै बालबालिकाको अध्ययन प्रभावित हुने गरेको बताए ।

वडाध्यक्ष घुरन महतोले दुर्गा मा.वि.मा स्नातक तहको बाणिज्य संकाय र शिक्षा संकायको पठनपाठन सुरुवातका लागि तयारी थालिएको बताए ।

२०८१ असार १३, बिहीबार ०८:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय