रोशन कुमार महतो, 
बर्दिबास : बालबालिकाहरुमा देशभक्त भावना जागृत गराउन राष्ट्रि«य सेवा दलद्वारा जनता माध्यमिक विद्यालय गौरिडाँडामा ५०औं ब्याच जुनियर डिभिजनको तालिम संचालन गरेको छ । शुक्रबार एक समारोहका बिच नेपाली सेनाको श्री गोरखनाथ गण पर्कौली ब्यारेकका गणपति प्रमुख सेनानी विनोद विकास पाठकले विद्यालयको सभाहलमा प्रथम प्रवचन दिएर तालिमको उद्घाटन गरे ।

बालबालिकाहरुमा देश भक्त भावना विकासका लागि सेवा दलले तालिम दिदै आएको गणपति प्रमुख सेनानी पाठकले बताए । ‘देशका लागि दक्षजनशक्ति तयार गर्न नेपाली सेना अन्तर्गतको सेवा दलले देशैभरीका स्कूले बालबालिकाहरुलाई तालिम दिदै आएको छ’, उनले भने, ‘विद्यार्थीहरुलाई अनुशासित, बफादार, इमान्दार र जवाफदेही बनाउनु तालिमको मुल मर्म हो ।’

तालिममा १८ जना छात्र र १८ जना छात्रा सहभागि रहेको सह–सेनानी सौगात विष्टले बताइन् । उनका अनुसार सहभागि विद्यार्थीहरुलाई एक सय दिनसम्म तालिम दिइनेछ । ७९ दिन संस्थागत र २१ दिन वार्षिक सामुहिक कार्यक्रमहरुमा सहभागि गराइने छ ।

२०८१ असार १५, शनिबार १२:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय