काठमान्डौ : जनमत पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर सिके राउतसँग पार्टी कार्यलय मध्य बानेश्वरमा नेपाल बाैद्व अम्बेडकर महासभाका केन्द्रीय अध्यक्ष मनाेज जैगडीकाे बिचमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।

त्यस अवसरमा नेपालका अनादिवासी (मुलवासी /आदिवासी- जनजाति, मधेसी, मुस्लिम, सिमान्तकृत एवं अल्पसंख्यक समुदायमाथि भैरहेको सामाजिक, जातीय र धार्मिक विभेद, भ्रष्टाचार, अपराध नियन्त्रण, कर्मचारी तन्त्रले गरिरहेका अकर्मण्यतालगायत विविध विषयमा छलफल, परामर्श र समाधानका उपायका बारेमा विमर्श गरियो । नेपालका ८०% अहिन्दू अनादिवासी मुलवासी समुदाय एक भएर सडकदेखि सदनसम्म अधिकारकाे लागि निरन्तर सर्घष र खबरदारी गरिरहनु पर्ने अवस्था अाएकाे छ । अध्यक्ष रावतकाे पहलमा संसदबाट लडेर नेपालमा पहिलोपटक अम्बेडकर पार्क बनाउनकाे लागि बजेटसमेत छुटाएकाे जानकारीबाट औंधी खुशी लागेको छ । नेपालमा बाैद्व र अम्बेडकर दर्शन फैलिरहेकाेमा रावतले खुशी व्यक्त गर्दै धन्यवाद दिनुभएकाे थियोे ।

लखनउमा पुर्ब मुख्यमन्त्री बहेन मायावति जि बिश्वकाे ठूलो अम्बेडकर पार्क बनाउनु भएको छ । रावतले भन्नुभयो – मैले पनि नेपालकाे काठमाडौमा चाडैं अम्बेडकर पार्क बनाउने याेजना रहेको छ । यस्तो महान कार्यका लागि माननीय डाक्टर सिके रावत ज्यूलाई मनाेज जैगडीबाट विशेष धन्यवाद ज्ञापन गरिएको थियोे ।

२०८१ असार १६, आईतवार २०:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय