
नेपालवाणी डटकम
जनकपुरधाम, अषाढ ।
लायन्स क्लव आँफ जनकपुरधामको अध्यक्षमा सुशिल सिंह निर्वाचित भएका छन् । लायन्स क्लवसको अन्तराष्ट्रिय विधान र विनियम एवं लायन्स क्लवव आफ जनकपुरधामको परम्परालाई अगिंकार गर्दै अध्यक्षमा सुशिल सिंह निर्वाचित भएका छन् ।
पूर्व अध्यक्ष विश्वनाथ साहको संयोजकत्वमा गठित निर्वाचन समितिका अनुसार लायन्स क्लव आँफ जनकपुरधामको अध्यक्षमा सुशिल सिंह निर्वाचित भएका छन् । यस्तै क्लवको एलसिआईएफ कोर्डिनेटरमा रमण साह, प्रथम उपाध्यक्षमा अमित कुमार साह, दोश्रो उपाध्यक्षमा अमित कुमार साह निर्वाचित भएका छन् ।
क्लवको सचिवमा डा. राजेश साह, कोषाध्यक्षमा रामकिशोर साह, मार्केटिङ्ग चेयर पर्सनमा रामजीवन साह, मेम्बरशिप चेयरपर्सनमा रिशिकेस साह, सर्भिस चेयरपर्सनमा अनिल साह, लियो उडभाईजरमा विद्याकर प्रसाद साह निर्वाचित भएका छन् ।
यसैगरी क्लव डाईरेक्टरमा क्रमशः अञ्जनी सिंह, प्रभात साह, सुजित साह, रामनगिना राउत, विश्वनाथ प्रसाद साह चयन भएका छन् । यसैगरी सल्लाहकारमा मधुकर कुमार उपाध्याय, डा. विजय कुमार सिंह, रामबाबु गुप्ता, हरि राउत र निर्मल सिघानियाँ चयन भएका छन् ।