नेपालवाणी नेटवर्क
जनकपुरधाम, अषाढ ।

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बृद्धाआश्रमलाई खाद्यान्न तथा नगद सहयोग गरेका छन् । मण्डलले आफ्नो ५१ औं जन्म दिवसको अवसरमा जनकपुरधाम स्थित जानकी बृद्धाआश्रमलाई खाद्यान्न तथा नगद रुपैयाँ सहयोग गरेका हुन् । जनकपुरधाम उप–महानगरपालिका ८ रामानन्द चोक स्थित बृद्धाआश्रममा पुगेर मण्डलले सहयोग गरेका हुन् ।

सभामण्डल मण्डलले जानकी बृद्धाआश्रमकालाई चामल ३ बोरा, दाल १५ किलो, आलु १ बोरा, तेल १५ लिटर, नून ५ किलो, लुगाधुने साबुन १ कार्टुन र नगद रु १०१०५ (अक्षरेपी ः दश हजार एक सय पाँच मात्र) सहयोग गरेका हुन् ।


सभामुख मण्डलले सरकारी तवरबाट कुनै सहयोग नरहेको र विभिन्न व्यक्ति तथा संघसंस्थाको चन्दाबाट आश्रम सञ्चालनमा आफुबाट हुने हरेक प्रकारको सहयोग गर्न तत्पर रहेको बताए । उनले भने, ‘विभिन्न क्षेत्रमा क्रियाशील संघसंस्था तथा दाताहरुको सक्रियतामा बृद्धाआश्रम, अनाथ आश्रम, मानव सेवा आश्रम नागरिक संरक्षण गर्ने उद्देश्य सहितका आश्रमलाई हामीले सहयोग गर्नुपर्छ । सरकारले गर्नुपर्ने काम यस्ता संघ संस्थाले गर्दैछ । यो जस्तो प्रंसशनीय र उल्लेखनीय अरु काम हुन सक्दैन् ।’


वृद्धवृद्धाको स्याहार–सुसार जस्तो पवित्र कर्मका लागि हामीले जतिसुक्कै सराहना गर्दा पनि कम हुने सभामुख मण्डलको भनाई छ । ‘व्यक्तिले जन्मदिन, पुण्यतिथि लगायतको अवसर पारेर आश्रममा सहयोग गरिरहनु र त्यही सहयोगका कारण आश्रम सञ्चालन हुनु दुःखद विषय भएको भएपनि सरकार यस विषयमा अनभिज्ञ हुनु दुःखद कुरा हो । बृद्धा आश्रमले ज्येष्ठ नागरिकलाई सेवा गर्नु, अनाथ आश्रमले कोही नभएको बालबच्चाको लालपालन देखि हुर्काउनु र असल शिक्षा दिनु तथा मानव सेवा आश्रम लगायतले असहाय नागरिकको सेवा गर्दा आफैलाई आत्मसन्तुष्टि मिल्ने हुन्छ ।’

सभामुख मण्डलले जनकपुरधाम ८ स्थित सत्य कविर बाल बात्सल्य आश्रमलाई पनि खाद्यान्न तथा नगद सहयोग गरेको थियो ।

२०८१ असार १८, मंगलवार १८:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय