सर्लाही : मोटरसाइकलले ठक्कर दिदा पैदल यात्रीको मृत्यु किसन साह, सर्लाही असार २४ गते सोमबार सर्लाहीको कौडेनामा मोटरसाईकलको ठक्करबाट पैदल यात्री एक बृद्वाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कौडेना गाउँपालिका–२, फूलपरासी निवासी चुलाई यादवकि ७० वर्षीया श्रीमती दुखिया देवी रहेकी छिन।

आज ( सोमबार ) दिउँसो गाउँको सडकमा पैदल यात्रा गर्दै गरेकि देवीलाई बीआर ०६ एभी ३१६० नम्वरको मोटरसाईकलले ठक्कर दिएको हो। मोटरसाईकलको ठक्करबाट देविको घटनास्थलमै मृत्यु भएको बताईएको छ।

देविलाई ठक्कर दिने मोटरसाईकल र मोटरसाईकलका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिईसकेको छ। अहिले मृतक देवीको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

२०८१ असार २४, सोमबार २१:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय