नेपालवाणी नेटवर्क
जनकपुरधाम, अषाढ ।

ब्लड फर नेपालका संस्थापक अध्यक्ष सरोज कुमार महतोलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ । संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयले वर्षेनी प्रदान गर्दै आएको विभिन्न विद्या मध्ये ब्लड फर नेपालका संस्थापक अध्यक्ष महतोलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो ।

युवा तथा खेलकूद मन्त्रालयका सचिव सुमनराज आर्यालको अध्यक्षमा भएको कार्यक्रममा महतोलाई खादा लगाई कदरपत्र सहित नगद १ लाखले सम्मान गरेका छ ।

पुरस्कारको घोषणा गत अषाढ १३ गते नै भएपनि राष्ट्रिय सभाहलमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय युवा प्रतिभा पुरस्कार र युवा पत्रकारीता पुरस्कार साथै पुरुष क्रिकेट खेलाडीहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा महतोलाई समेत सम्मान गरिएको हो ।

महतो विगत लामो समय देखि रगको क्षेत्रमा निरन्तरण काम गर्दै आईरहेको छ । महतो रगतका कुरालाई सबै तिर फैलाउन हरेक प्रकारले दिनरात खटिरहन्छ ।

पुरस्कार रकम ब्लड फर नेपाललाई दिने घोषणा

ब्लड फर नेपालका संस्थापक सरोज कुमार महतो युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त राष्ट्रिय युवा प्रतिभा पुरस्कारको रकम संस्थालाई दिने घोषणा गरेको छ ।

पुरस्कृत महतोले पुरस्कारको रकमबाट २५ प्रतिशत रकम ब्लड फर नेपाललाई दिने घोषणा गरेका छन् । उनले भने, ‘रगतका कुरा गर्न जरुरी छ । देशमा विभिन्न अवस्थामा रगत आवश्यक परिरहन्छ त्यसलाई पुरा गर्न रगत व्यवस्थापनमा प्रभावकारी काम गर्न जरुरी छ । यसका लागि श्रोतको आवश्यकता पर्छ त्यसैले म पुरस्कार वापतको रकम ब्लड फर नेपाललाई हस्ताक्षरण गर्ने वाचा गर्दछु ।’

देशमा २ जनालाई रगत आवश्यक पर्दा १ जनालाई मात्रै सहजै उपलब्ध भईरहेको अवस्थामा ब्लड फर नेपालले १ जनाको अभावलाई कम गर्न निरन्तर काम गरिहेको संस्थापक अध्यक्ष महतोको दाबी छ ।

२०८१ असार २७, बिहीबार १७:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय