राजन दास,

नेपाल हाम्रो राष्ट्र नेपाली हाम्रो पहिचान !
देशलाई जोगाउन युवाले गर्दै श्र‌ृजनात्मक काम !!
अलमस्त युवा हामी अब उठ्नुपर्छ सवै एक जुट भई !
देश निर्माणका लागि पुरुषार्थ गर्नुपर्छ एक दिक्का रहि !!

प्रकृति झैँ परिवर्तनका संवाहक युवा हामी !
बनौं कर्मठ , क्रान्तिकारी , ईमानदार र ज्ञानी !!
युवाहरू नजागे मातृभुमि संकटमा पर्दैछ !
नेताहरु मिलिजुली देश बेच्ने विचार गर्दैछ !!

समाजका युवाहरू रक्सी चुरोटमा हराए !
आमाबाबा नखाउ बाबु भन्दै दिनरात कराए !!
आजका युवा तिमी भोलि देशको कर्णधार बन्नेछौं !
उल्लेखनीय काम गरि जन-जनको दिलमा बस्नेछौं !!

बिदेश पलायन भए युवाहरु कति कति !
युवा नै हुन राष्ट्रियका अमुल्य सम्पत्ति !!
युवा मलहमपट्टि गर देशको घाउ निको पार्न !
बुदापाका घरमा बसे अगाडि बद देशलाई सपार्न !!

अब जागौं युवा शक्ति देशको निर्माणमा !
देश डुब्न लाग्यो अगाडि बद अभियानमा !!
युवा देशका लागि विद्रोही बनी अगाडि सर्छ्न !
तर हन्टर खाई धुरु – धुरु रोई खाडीमा पर्छ्न !!

युवा भविष्यको खोजी खाडीमा न गर !
आफ्नै देशमा पुरुषार्थ गरि देश कल्याणको काम गर !!
जुटौ सबै युवा हामी काधँमा काँध मिलाएर !
देश बिकास गर्न वीर बनी भरोसा दिलाएर !!

लेखक : राजन दास
श्री जनता नमुना प्राविधिक मा. बि. गिधा बेलापट्टि

२०८१ असार ३०, आईतवार ००:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय