सर्लाही: सर्लाहीको बरहथवा नगरपालिका–८, टाँडीमा आज बिहान एक युवक मृत फेला परेका छन् ।

मृत्यु हुनेमा स्थानीय श्यामबाबु साहको १९ वर्षीय छोरा मुन्ना साह रहेको प्रहरीले बताए ।
उनि घर नजिकै शैलेन्द्र रामको गोठालो घरमा मृत फेला परेका हुन् ।

मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले र घटना शङ्कास्पद रहेकाले मृतक युवकका परिवारको आग्रहमा प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम थापाले घटनाको विषयमा अनुसन्धानका लागि मृतक युवकको प्रेमीका लाई सोधपुछसँगै अन्य कोणबाट समेत घटनाको सम्वन्धमा अनुसन्धान गर्नकालागी नियन्त्रणमा लिइएको (डिएसपी) थापाले जानकारी दिए ।

२०८१ श्रावण २६, शनिबार २०:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय