सर्लाही : सर्लाहीको बरहथबामा मोटरसाइकल दुर्घटना हुदा पुर्व वडा अध्यक्षको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृत्यु हुनेमा कविलासी नगरपालिका–४, हेमपुरका पूर्व वडाध्यक्ष ४३ वर्षीय अरविन्द कुमार यादव रहेको छ।

यादवको (शुक्रबार) गएराति बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा भएको दुर्घटनामा निधन भएको हो । राति साँढे ९ बजेतिर टिकुलियाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्वरको मोटरसाइकल पल्टिएर दुर्घटना हुँदा उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ ।

मृतक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ । साथै घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

२०८१ भाद्र ८, शनिबार १२:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय